Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्योतिले शुरु गर्यो अनलाईन शिक्षण, विद्यार्थी खुशी

E-learning-1588139407.png

१७ बैशाख, हेटौंडा । हेटौंडा–१८ हर्नामाडिमा रहेको ज्योती माबिले अनलाईन शिक्षण शुरु गरेको छ । एक महिनादेखि जारी लकडाउनका कारण विद्यार्थीको अध्ययन प्रभावित भएपछि विद्यालयले अनलाईन शिक्षण शुरु गरेको हो ।
विद्यालयले पहिलो चरणमा कक्षा ८ देखी १२ सम्मको कक्षा संचालन गरिरहेको प्रधानाध्यापक जयराम थापाले बताए । अभिभावक र विद्यार्थीसंगको समन्वयमा अन्य कक्षा पनि संचालन गर्ने थापाको भनाई छ । विद्यालयको अनलाईन शिक्षण प्रक्रियालाई शिक्षकहरुले समेत साथ दिएका छन् । कोरोना भाईरस संक्रमणको त्रास र लकडाउनका कारण बालबालिकाहरुमा शैक्षिक  तथा मानसिक रुपमा अप्ठ्यारो स्थिति नआओस् भनेर अनलाईन शिक्षण शुरु गरेको बिद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाइले जानकारी दिए ।
शैक्षिक सत्र ०७६/०७७ को बार्षिक परिक्षा अचानक रोकिएपछि विद्यार्थीहरु अन्यौलमा रहेको बताउँदै उनले यसको तयारीका लागि समेत ध्यानमा राखी अनलाईन बिधि अपनाइएको उनको भनाई छ । नियमित रुटिन बनाइ कक्षा संचालन गरिने चौलागाईले बताए ।
अनलाईन शिक्षणप्रति विद्यार्थीहरु पनि उत्साही देखिएका छन् । ‘अनलाईनबाटै भएपनि कक्षा संचालन भएपछि परीक्षाको तयारी सहज भएको छ ।’–एसईई तयारी गरिरहेकी सन्चिता पाठकले भनिन् । विद्यालय बन्द भएपछि घरमा खाली बसिरहेका विद्यार्थीलाई अनलाईनमार्फत अध्ययन गराएर विद्यालयले विद्यार्थीहरुको भविष्यलाई ख्याल गरेको भन्दै  अभिभावक सानुभाइ कार्कीले शिक्षकहरुप्रति आभार व्यक्त गरे । 
शिक्षकहरुको अग्रसरताले विद्यालयको शैक्षिक गतिविधिमा टेवा पुगेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले यसलाई अन्य समयमा पनि निरन्तरता दिनु आवश्यक रहेको बताए । लकडाउनको समयमा विद्यार्थीहरु घरमा बरालिएर बसेको अवस्थामा अनलाईन शिक्षण प्रभावकारी हुने उनको विश्वास छ । उनले शिक्षण पद्धतिका लागि प्रयोग हुने इन्टरनेट शुल्कमा सहुलियत दिए अझ अनलाईन शिक्षणलाई अघि बढाउन सहज हुने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार