Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कारोनाबाट मर्नेको संख्या २ लाख ३९ हजार नाघ्यो

1-1588380872.png

२० बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ३९ हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ३९ हजार ४ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ । 
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ३२ लाख ९८ हजार ४ सय ७३ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १० लाख ८० हजार संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५१ हजार ३ सय ५५ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २० लाख २७ हजार ५ सय ६९ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ६५ हजार ७ सय ५३ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । यहाँ एकैदिन ३६ हजार ७ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २८ हजार २ सय ३६ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा पछिल्लो २४ घण्टामा २ सय ६९ जनाको मृत्यु भएको छ ।
यसैगरी स्पेनलाई पछिपार्दै बेलायत सबैभन्दा बढी संक्रमित मृत्यु हुनेको तेश्रो स्थानमा पुगेको छ । यहाँ अहिलेसम्म २८ हजार २ सय ३६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या १ लाख ७७ हजार ४ सय ५४ जना रहेको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २४ हजार ८ सय २४ पुगेको छ । यहाँ थप २ सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा पनि विगत केही दिन यता मृतकको संख्या घटिरहेको छ । 
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ५ सय ९४ पुगेको छ । यहाँ पछिल्लो समय २ सय १८ जनाको ज्यान गएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ७ हजार७ सय ३, मध्यपूर्वी एसियाली मुलुक इरानमा ६ हजार ९१, जर्मनीमा ६ हजार ७ सय ३६, नेदरल्याण्डसमा ४ हजार ८ सय ९३, ब्राजिलमा ६ हजार ४ सय १०, टर्कीमा ३ हजार २ सय ५८, स्विटजरल्याण्डमा १ हजार ७ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म १ हजार २ सय २३ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ । यस्तै पाकिस्तानमा मृत्यु हुनेको संख्या ४ सय १७ पुगेको छ भने संक्रमितको संख्या १८ हजार ९२ रहेको छ ।
 

2-1588380875.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार