Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विकासको बाधक कम्युनिष्टः केन्द्रीय सदस्य उपाध्याय

३५ हजारलाई रोजगारी दिने गृहराज्यमन्त्री बानियाँको दावि

Tarun1-1492873078.jpg

९ बैशाख, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले नेपालका कम्युनिष्ट विकास र समृद्धिको बाधक रहेको मा बताएकी छिन् ।  नेपाल तरुण दल जिल्ला शाखा मकवानपुरको बृहत तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा शनिवार बोल्दै उपाध्यायले कम्युनिष्टहरुको आन्दोलनका कारण नेपालका उद्योग कलकारखाना धरासायी बनेको र देशमा बेरोजगार बढेको बताईन् ।

समृद्धिका लागि नेपाली कांग्रेसले अवलम्बन गरेको नीतिबाट मात्रै सम्भव रहेकाले स्थानीय तहमा कांग्रेसलाई विजयी गराउनुपर्ने उनको भनाई थियो । मकवानपुर पर्यटकीय, जडिबुटी र औद्योगिक क्षेत्रमै देशकै उत्कृष्ट स्थान भएकोले यहाँ रोजगार र विकासको संभावना अत्याधिक रहेकाले युवाहरु विदेशिनु नपर्ने उपाध्यायको दावि छ ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसले मकवानपुरमा जिते मकवानपुरमा ३५ हजार युवायुवतीलाई रोजगारी सिर्जना गर्ने आफूसंग योजना रहेको बताए ।  गृहराज्यमन्त्री बानियाँले काँग्रेस विकाशको संवाहक रहेको बताउँदै प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न बृद्धाश्रम, टुहुरा बालबालिकालाई अध्ययनका लागि बालग्राम, एफएम रेडियो, खेलमैदान, अस्पताल र नगरमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि नेपाली कांग्रेसले एकल महिलालई भत्ताको व्यवस्था गरेको भन्दै बृद्धभत्तालाई चार हजार रुपैँया बनाउने बताए ।

कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु रघुरमण न्यौपाने, ईन्द्रबहादुर बानियाँ, रोशन शर्मा, आनन्दराम पराजुली, सुनिल दाहाल, तरुण दल अधिवेशनका निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।

तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारहरु अशोक शाक्य, उमा दाहाल, प्रभात दाहाल, रिता खनाल, जयराम लामिछाने, जिल्ला सदस्य, प्रवक्ता एवं तरुण विभाग प्रमूख प्रदिप कोईराला, हरि वाग्ले, जिल्ला प्रचारप्रसार संयोजक सुनिल दाहाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण नेता राजेश भेटवाल, पुरुषोत्तम ठकुरी, तरूण जिल्ला सचिव सचित थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Tarun2-1492873079.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार