९ बैशाख, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले नेपालका कम्युनिष्ट विकास र समृद्धिको बाधक रहेको मा बताएकी छिन् । नेपाल तरुण दल जिल्ला शाखा मकवानपुरको बृहत तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा शनिवार बोल्दै उपाध्यायले कम्युनिष्टहरुको आन्दोलनका कारण नेपालका उद्योग कलकारखाना धरासायी बनेको र देशमा बेरोजगार बढेको बताईन् ।
समृद्धिका लागि नेपाली कांग्रेसले अवलम्बन गरेको नीतिबाट मात्रै सम्भव रहेकाले स्थानीय तहमा कांग्रेसलाई विजयी गराउनुपर्ने उनको भनाई थियो । मकवानपुर पर्यटकीय, जडिबुटी र औद्योगिक क्षेत्रमै देशकै उत्कृष्ट स्थान भएकोले यहाँ रोजगार र विकासको संभावना अत्याधिक रहेकाले युवाहरु विदेशिनु नपर्ने उपाध्यायको दावि छ ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसले मकवानपुरमा जिते मकवानपुरमा ३५ हजार युवायुवतीलाई रोजगारी सिर्जना गर्ने आफूसंग योजना रहेको बताए । गृहराज्यमन्त्री बानियाँले काँग्रेस विकाशको संवाहक रहेको बताउँदै प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न बृद्धाश्रम, टुहुरा बालबालिकालाई अध्ययनका लागि बालग्राम, एफएम रेडियो, खेलमैदान, अस्पताल र नगरमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि नेपाली कांग्रेसले एकल महिलालई भत्ताको व्यवस्था गरेको भन्दै बृद्धभत्तालाई चार हजार रुपैँया बनाउने बताए ।
कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु रघुरमण न्यौपाने, ईन्द्रबहादुर बानियाँ, रोशन शर्मा, आनन्दराम पराजुली, सुनिल दाहाल, तरुण दल अधिवेशनका निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।
तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारहरु अशोक शाक्य, उमा दाहाल, प्रभात दाहाल, रिता खनाल, जयराम लामिछाने, जिल्ला सदस्य, प्रवक्ता एवं तरुण विभाग प्रमूख प्रदिप कोईराला, हरि वाग्ले, जिल्ला प्रचारप्रसार संयोजक सुनिल दाहाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण नेता राजेश भेटवाल, पुरुषोत्तम ठकुरी, तरूण जिल्ला सचिव सचित थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















