Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

देशभर गरिएका १२ सय बढी नमुनाहरु नेगेटिभः मन्त्रालय 

Ministry-of-Health-and-Po-1588419958.jpg

२० बैशाख, हेटौंडा । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् ।  
पछिल्लो २४ घण्टामा देशभार गरिएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
अहिलेसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रहेका छन् । संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।
अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन् ।
प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडटी परीक्षण भएका छन् । 
त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय  ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडिटी परीक्षण भएका छन् ।
देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् । 
यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।
काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार