Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु

Corona-1588481937.jpg

सांकेतिक तस्विर

२१ बैशाख, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ  ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा तीन गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । जसमध्ये  मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्याण्डमा एक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।
यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर पाँच हजार दुई सय ४७ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढीरहेको देखिएको छ ।  कतारसहित केही मध्यपूर्वका देशले दुई हजार तीन सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको छन् । 
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा एक हजार पाँच सय, युके एक हजार,  बहराइनमा एक सय २६, युएईमा एक सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा पाँच, क्यानाडामा पाँच, जर्मनीमा चार, साईप्रसमा तीन, मलेसियामा तीन, न्युजिल्याण्डमा तीन, माल्दिभ्समा दुई, माल्टामा दुई, हङकङमा दुई, म्यानमारमा एक, फ्रान्समा एक जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
साभार : नयाँ पत्रिका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार