२२ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका युवाहरुको सक्रियतामा वडाका न्यूनवर्गीय परिवारलाई राहत वितरण गरिएको छ ।
दोस्रो चरणको राहत वितरण कार्यक्रमअन्तर्गत आइतबार ८० घरधुरीलाई चामल, दाल, तेल, नुन, मसला, मस्यौरालगायतका सामाग्री वितरण गरेका हुन् । स्थानीय युवा योगेन्द्र अर्याल र शिवराज उप्रेतीको संयोजकत्वमा देश तथा विदेशमा रहेका स्थानीय युवाहरुसँग सहयोग लिई गाउँमा राहत वितरण गरिएको हो ।
आइतबार मनहरी–५ को बसन्तपुर माझाटोल, मिजार टोल, दुम्सीघडा, डन्डीबारी, नयाँ गाउँ, डन्डी र रातोमाटे टोलमा पुगी राहत सामाग्री वितरण गरिएको हो । लकडाउनका कारण दैनिक काम ठप्प हुँदा बिहान बेलुका छाक टार्न मुस्किल भएका परिवारको पहिचान गरी पहिलो चरणमा शुक्रबार सोही वडाका १ सय ३५ परिवारलाइ्र्र राहत वितरण गरेका युवाहरुले दोस्रो चरणमा ८० परिवारलाई राहत वितरण गरेका हुन् ।
राहत सामाग्रीका लागि तरुण दल मकवानपुरका उपाध्यक्ष रामकुमार रायमाझी (हारा), मकाउमा रहेका स्थानीय युवा जनकराज उप्रेती, जापानमा रहेका युवाहरु नवराज लामिछाने, सन्देशबाबु थापा, अन्जन उप्रेती र बद्री ढुंगानाले सहयोग गरेका थिए ।
आफूहरुको आग्रहबमोजिम प्राप्त सहयोगबाट प्रति परिवार १३ किलो चामल, तेल, दाल, नुन, मसला, मस्यौरालगायतका सामाग्री वितरण गरिएको राहतको संयोजन गरेका युवा शिवराज उप्रेतीले बताए ।
राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य नवराज उप्रेती, नेपाली काँग्रेस वडा सभापति विष्णुप्रसाद उप्रेती, स्थानीय युवा श्रीकृष्ण वर्तौला, नवराज विष्ट, युवा समाजसेवी कुमार वाइबा, गणेश थिङ, जयराम बस्नेत, मित्रलाल मुक्तानलगायत स्थानीय समाजसेवी युवाहरुको सहभागिता रहेको थियो ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)