Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको हेटौंडाको थप ३ वडामा उम्मेदवार सर्वसम्मत

NC-1493209565.png

१३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समितिले बुधबार हेटौंडा उपमहानगरको थप ३ वटा वडामा उम्मेदवारहरु सर्वसम्मत सिफारिश गरेको छ ।
३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईको अध्यक्षतामा बसेको बैठकले हेटौंडाको ३, ११ र १९ नम्बर वडामा उम्मेदवार सर्वसम्मत गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको ३ नम्बरमा अध्यक्ष ढलकबहादुर थापा, सदस्यहरु  सरोजराज ढकाल, अक्कलबहादुर पाख्रिन, महिला सदस्यमा रामकुमारी घलान र दलित महिला सदस्यमा सावित्री विश्वकर्मा सर्वसम्मत भएका छन् ।
त्यस्तै ११ नम्बर वडामा अध्यक्ष अर्जुन शर्मा कँडेल, सदस्यहरु विकाश नेपाल, गोकर्ण बर्तौला, महिला सदस्य शुभद्रा बर्तौला र दलित महिला सदस्यमा टक्कु बिक सर्वसम्मत उम्मेदवार भएका छन् । हेटौंडा १९ नम्बरमा अध्यक्षमा शालिकराम अधिकारी, सदस्यहरु मानबहादुर गोले, देवराज गोले, महिला सदस्य सरस्वती भण्डारी र दलित महिला सदस्यमा सरस्वती परियार सर्वसम्मत भएको ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपालले जानकारी दिए । बैठकको निर्णय बुधबारै जिल्ला पार्टी कार्यालयलाई जानकारी गराइएको सचिव नेपालले बताए ।

हेटौंडा १७ मा चुनाव प्रचारप्रसार समिति
नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत हेटौंडा १७ ठूलो गंगटेमा बुधबार चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
पार्टीका जिल्ला सल्लाहकार एवं १७ नम्बर वडाका अध्यक्ष उम्मेदवार दामोदर सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु क्षेत्रीय सचिव जनक धिताल, साविक हेटौंडा २० र २२ का वडा सभापतिहरु नवराज न्यौपाने र उद्धव सत्याल, तरुण नगर सचिव दीपक श्रेष्ठ, तरुण २० र २२ नम्बरका अध्यक्षहरु दीपक थापा र रमेश श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ईन्द्रप्रसाद नेपालको संयोजकत्वमा १५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति र रमेश श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय आर्थिक समितिसमेत गठन गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार