Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोरोना असर र बजेटमाथि निजि क्षेत्रसँग कांग्रेसको छलफल

thumb-1588760006.jpg

२४ बैशाख, हेटौंडा । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनको कारण उद्योग व्यवसायहरु बन्द भएको र यसले आर्थिक संकट निम्त्याएको बताएका छन् । 
नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग गरेको छलफलमा भाग लिएका निजी क्षेत्रका प्रतिनिधिहरुलेयस्तो बताएका हुन् ।
नेपाली कांग्रेसले बुधबार पार्टी कार्यालय सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरुको नेतृत्वसँग छलफल गर्दै उद्योगी व्यवसायीले दिएका सुझावहरुलाई संसद र सरकारसम्म लैजाने जनाएको छ ।
छलफलका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनपछि सिर्जना भएका व्यवसायीका समस्या र सुझावहरुलाई प्रधानमन्त्री र अर्थमन्त्रीलाई नै भेटेर कार्यान्वयनका लागि दबाब दिने बताएका छन् ।
छलफलमा सहभागि निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग कलकारखाना सञ्चालन गर्न दिनुपर्ने, बैंक ब्याजदर घटाउनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने र पर्यटन क्षेत्रलाई विशेष सुविधा दिनुपर्ने विषयमा दबाब दिन कांग्रेसलाई सुझाव दिएका छन् । 
छलफलमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा)का अध्यक्ष अच्युत गुरागाईं, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगाना लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार