२५ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या २ लाख ५२ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ६४ हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ३८ लाख १८ हजार ८ सय २२ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार ३ सय ४ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १२ लाख ९९ हजार २ सय ४४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४८ हजार २स य ८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २२ लाख ६ हजार ५ सय ५६ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ७४ हजार ७ सय ९८ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ५ सय २७ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि बेलायतमा सबैभन्दा बढीको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३० हजार ७६ पुगेको छ । बेलायतमा एकैदिन ६ सय ४९ जनाको मृत्यु भएको छ ।
यसैगरी इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २९ हजार ६ सय ८४ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा २४ घण्टामा ३ सय ६९ जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ८ सय ५७ पुगेको छ । यहाँ थप २ सय ४४ जनाको मृत्यु भएको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार ८ सय ९ पुगेको छ । यहाँ पछिल्लो समय २ सय ७८ जनाको ज्यान गएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ८ हजरा ५ सय ६६, बेल्जियममा ८ हजार ३ सय ३९, जर्मनीमा ७ हजार २ सय ७५, मध्यपूर्वी एसियाली मुलुक इरानमा ६ हजार ४ सय १८, नेदरल्याण्डसमा ५ हजार २ सय ४, चिनमा ४ हजार ६ सय ३३, क्यानडामा ४ हजार २ सय ३२, टर्कीमा ३ हजार ५ सय ८४, स्वेडेनमा २ हजार ९ सय ४१, मेक्सिकोमा २ हजार ५ सय ७, स्विटजरल्याण्डमा १ हजार ८ सय ५ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म १ हजार ७ सय ८५ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो समय ९२ जना मृतक थपिएका छन् ।
यस्तै अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा मृत्यु हुनेको संख्या ५ सय ४४ पुगेको छन् । यहाँ ३० जना मृतक थपिएका छन् ।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


















