Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

दक्षिण एसियामा कोरोनाः भारत सबैभन्दा बढी प्रभावित

ramsir-1588993728.jpg

२७ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसिया पनि अछुतो रहन सेकेको छैन । दक्षिण एसियाका देशहरुपनि विस्तारै कोरोना संक्रमणको चपेटामा परिरहेका छन् ।
दक्षिण एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 
भारत
दक्षिण एसियाली देशहरुमा कोरोना संक्रमणबाट भारत सबैभन बढी प्रभावित भएको छ । शनिवार विहानसम्म भारतमा ५९ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यहाँ १ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ । 
कोरोना संक्रमण पुष्टि भएकामध्ये भारतमा १७ हजार ८ सय ८७ जना उपचारपछि निको भएका छन् । भारतमा एकैदिन ३ हजार ३ सय २१ जना नयाँ सक्रमित थपिएका छन् भने ८७ जनाको मृत्यु भएको छ ।
पाकिस्तान
दक्षिण एसियाली मुलुकहरुमा भारतपछि पाकिस्तानमा सबैभन्दा संक्रमित र मृतक रहेका छन् । यहाँ कोरोना संक्रमितको संख्या  २६ हजार ४ सय ३५ रहेको छ । पाकिस्तानमा एकैदिन १ हजार ७ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।
यहाँ ५ सय ९९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ भने ७ हजार ५ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

बंगलादेश
बंगलादेशमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । यहाँ ७ सय ९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार १ सय ३४ पुगेको छ । यस्तै यहाँ पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या २ सय ६ पुगेको छ ।
बंगलादेशमा अहिलेसम्म २ हजार १ सय १ जना उपचारपछि निको भएका छन् ।
।
अफगानिस्तान
अफगानिस्तानमा अहिलेसम्म ३ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ अहिलेसम्म १ सय ९ जनाको मृत्यु भएको छ भने ४ सय ७२ जना उपचारपछि निको भएका छन् ।
श्रीलंका
श्रीलंकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ३५ पुगेको छ । श्रीलंकामा अहिलेसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यहाँ केही दिन यता मृतकको संख्या स्थिर रहेको छ । कोरोना पुष्टि भएकामध्ये श्रीलंकामा २ सय ४० जना निको भएका छन् ।
मालदिभ्स
दक्षिण एसियाली देश मालदिभ्समा हालसम्म ७ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ संक्रमणका कारण अहिलेसम्म ३ जनाले ज्यान गुमाएका छन् ।
मालदिभ्समा उपचारपछि निको हुनेको संख्या २० रहेको छ ।
नेपाल
कोरोना संक्रमणबाट नेपाल पनि विस्तारै प्रभावित भइरहेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ९ रहेको छ । शनिवार विहान थप ७ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको स.ख्या १ सय ९ पुगेको हो ।
नेपालमा कोरोना भाइरसबाट हालसम्म कसैको मृत्यु भएको छैन । कोरोना संक्रमण पुष्टि भएकामध्ये ३१ जना निको भएर घर फर्किएका छन् । 
भुटान
भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ७ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ५ उपचारपछि निको भएका छन भने २ जनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार