Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनतालाई सार्वभौम बनाउन स्थानीय चुनाव : पोखरेल

Lilamani-1493468749.jpg

१६ बैशाख, हेटौँडा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यलय सदस्य लिलामणि पोखरेलले जनतालाई सार्बभौम सम्पन्न गराउने बाटोमा देश अघि बढिसकेको बताएका छन् । हेटौंडा उपमहानगरपालिका–१२ हात्तीगौंडास्थित नेकपा (माओवादी केन्द्र)को चुनबी सभामा शनिबार सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामा मन्तव्य राख्दै नेता पोख्रेलले जनताले आफ्नो सरकार आफै बनाउने र चलाउने अभियानलाई पूर्णता दिन स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढिसकेको बताए । उनले यो प्रक्रिया कसैले पनि रोक्न नसक्ने दाबी समेत गरे । पार्टी वडा अध्यक्षको उम्मेदवार ललित घलानको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका पुर्व चार नम्बर क्षेत्रीय सदस्य वासु कँडेल सहित ५३ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उमेदवार बलराम बल, उपमेयर पदका उम्मेदवार कमला पौडेल, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य प्रकाश पाण्डे, कमान सिं पाख्रिन(पृथक), पुर्व सभासद् शेरबहादुर पहरी, नेता रामजी नेपाल, सन्दीप घलान वडा सदस्यका उम्मेदवारहरु भुबन खनाल, अन्जु थिङ लगायतको आतिथ्याता रहेको थियो ।

यसैगरी, माओवादी केन्द्रले पदमपोखरीमा घरदैलो अभियान सञ्चालन गरेको छ । सिक्रेनीको बरालचोकबाट सुरु भएको अभियान सोल्टीचोक, घिसिङटोल हुँदै हात्तीगौंडा सम्म पुगेर सभामा परिणत भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार