Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका ५ पत्रकार चुनावी मैदानमा (को कुन पदमा)

Journalist-Umedwar-1493629714.jpg

१८ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ५ जना पत्रकार उम्मेदवार बन्ने भएका छन् । मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रने भएका हुन् । चुनावी मैदानमा उत्रनेमा नेपाली कांग्रेसबाट १, एमालेका तर्फबाट ३, र नेकपा माओवादी केन्द्रबाट १ जना रहेका छन् ।
युवा पुस्ताका पत्रकार सविन न्यौपाने नेपाली कांग्रेसबाट हेटौँडा–१ बाट चुनावी मैदानमा होमिएका छन् । उनी अहिले चुनावी घरदैलो र भेटघाटमा व्यस्त छन् । न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टस क्लव मकवानपुरका अध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न संघसंस्थामा सक्रिय युवा हुन् ।  उनलाई कांग्रेस हेटौँडा १ नम्बर इकाई समितिले सर्वसम्मत उम्मेदवारको रुपमा पार्टीमा सिफारिस गरेको थियो । साझाकुरा राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक समेत रहेका उनले वडाको विकास गर्न सक्ने व्यक्तित्वको खोजि हुँदा पार्टीले आफुलाई अघि सारेको बताए ।
एमालेबाट नविन सिग्देल, देवराज रिमाल र कुमार नेगी उम्मेदवार बन्ने भएका छन् । हेटौंडा टुडेका सम्पादक रहेका सिग्देल बौद्धिक एवं व्यवसायिक समूहको बाक्लो बसोबास रहेको नगरकै ठूलो वडा हेटौँडा–४ को अध्यक्षका उम्मेदवार बन्ने भएका छन् । एमाले जिल्ला कमिटि सदस्य, आर्थिक विभाग प्रमुख र ३ नम्बर क्षेत्रका सहसंयोजक रहेका सिग्देल अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, मकवानपुरका क्याम्पसका पुर्व स्ववियु सभापति, क्याम्पसमा अध्यापनमा समेत सक्रिय छन् । चुनावी अभियानमा सक्रिय उनले हेटौँडा–४ लाई स्मार्ट वडा बनाउने नारालाई अघि सार्दै चुनावी मैदानमा होमिएका छन् ।
एमालेबाटै हेटौँडा–७ को सदस्य उम्मेदवारको रुपमा देवराज रिमाल पनि चुनावी अभियानमा सक्रिय छन् । थाहा सन्देशमा आवद्ध रिमाल अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला किमिटका पूर्व सचिवालय सदस्य हुन् । २०३९ सालमा भुटनदेवी माविमा स्ववियु सदस्यबाट राजनीतिमा होमिएका रिमाल आप्mनो राजनैतिक अनुभवलाई सदुपयोग गरेर वडाको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दछन् ।
एमालेबाटै पत्रकार कुमार नेगी उत्तरी मकवानपुरको थाहा नगरपालिकाको ३ नम्बर वडा अध्यक्षको उम्मेदवार बन्ने भएका छन् । प्रेस चौतारीका जिल्ला सदस्य भईसकेका नेगी  जिल्ला प्रचार विभाग सदस्य हुन् । गैरसरकारी संस्था महासंघ लगायतका संस्थामा सक्रिय नेगी उत्तरी मकवानपुरमा परिचित नाम हो । उनी वडाको विकासमा भिन्न ढंगले काम गर्ने सोचले अघि बढेका छन् ।
नेकपा माओवादी केन्द्रबाट नारायणी दैनिकका प्रकाशक÷सम्पादक सन्तोष न्यौपाने हेटौँडा–१० को अध्यक्षको उम्मेदवारको रुपमा अघि बढेका छन् । चुनावी अभियानमा व्यस्त रहेका न्यौपाने माओवादी केन्द्रका १० नम्बर वडा अध्यक्ष पनि हुन् । न्यौपाने २०६२/०६३ को जनआन्दोलनमा चर्चित थिए । हेटौँडा सन्देशका सम्पादक रहेका न्यौपानेलाई तत्कालिन क्षेत्रीय प्रशासक रविन्द्र चक्रवर्तीले लोकतन्त्रको पक्षमा समाचार लेखेको भन्दै नियन्त्रणमा लिएका थिए । दुई दशकदेखि पत्रकारितामा सक्रिय न्यौपाने भ्रष्टाचार र विकृतिमाथि खरो रुपमा समाचार लेख्ने र प्रस्तुत हुने व्यक्तित्वको रुपमा चिनिन्छन् ।
उम्मेदवारको रुपमा चुनावी अभियानमा रहेका उनीहरुले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक मनोनयन दर्ता गर्ने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार