Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका ५ पत्रकार चुनावी मैदानमा (को कुन पदमा)

Journalist-Umedwar-1493629714.jpg

१८ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ५ जना पत्रकार उम्मेदवार बन्ने भएका छन् । मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रने भएका हुन् । चुनावी मैदानमा उत्रनेमा नेपाली कांग्रेसबाट १, एमालेका तर्फबाट ३, र नेकपा माओवादी केन्द्रबाट १ जना रहेका छन् ।
युवा पुस्ताका पत्रकार सविन न्यौपाने नेपाली कांग्रेसबाट हेटौँडा–१ बाट चुनावी मैदानमा होमिएका छन् । उनी अहिले चुनावी घरदैलो र भेटघाटमा व्यस्त छन् । न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टस क्लव मकवानपुरका अध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न संघसंस्थामा सक्रिय युवा हुन् ।  उनलाई कांग्रेस हेटौँडा १ नम्बर इकाई समितिले सर्वसम्मत उम्मेदवारको रुपमा पार्टीमा सिफारिस गरेको थियो । साझाकुरा राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक समेत रहेका उनले वडाको विकास गर्न सक्ने व्यक्तित्वको खोजि हुँदा पार्टीले आफुलाई अघि सारेको बताए ।
एमालेबाट नविन सिग्देल, देवराज रिमाल र कुमार नेगी उम्मेदवार बन्ने भएका छन् । हेटौंडा टुडेका सम्पादक रहेका सिग्देल बौद्धिक एवं व्यवसायिक समूहको बाक्लो बसोबास रहेको नगरकै ठूलो वडा हेटौँडा–४ को अध्यक्षका उम्मेदवार बन्ने भएका छन् । एमाले जिल्ला कमिटि सदस्य, आर्थिक विभाग प्रमुख र ३ नम्बर क्षेत्रका सहसंयोजक रहेका सिग्देल अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, मकवानपुरका क्याम्पसका पुर्व स्ववियु सभापति, क्याम्पसमा अध्यापनमा समेत सक्रिय छन् । चुनावी अभियानमा सक्रिय उनले हेटौँडा–४ लाई स्मार्ट वडा बनाउने नारालाई अघि सार्दै चुनावी मैदानमा होमिएका छन् ।
एमालेबाटै हेटौँडा–७ को सदस्य उम्मेदवारको रुपमा देवराज रिमाल पनि चुनावी अभियानमा सक्रिय छन् । थाहा सन्देशमा आवद्ध रिमाल अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला किमिटका पूर्व सचिवालय सदस्य हुन् । २०३९ सालमा भुटनदेवी माविमा स्ववियु सदस्यबाट राजनीतिमा होमिएका रिमाल आप्mनो राजनैतिक अनुभवलाई सदुपयोग गरेर वडाको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दछन् ।
एमालेबाटै पत्रकार कुमार नेगी उत्तरी मकवानपुरको थाहा नगरपालिकाको ३ नम्बर वडा अध्यक्षको उम्मेदवार बन्ने भएका छन् । प्रेस चौतारीका जिल्ला सदस्य भईसकेका नेगी  जिल्ला प्रचार विभाग सदस्य हुन् । गैरसरकारी संस्था महासंघ लगायतका संस्थामा सक्रिय नेगी उत्तरी मकवानपुरमा परिचित नाम हो । उनी वडाको विकासमा भिन्न ढंगले काम गर्ने सोचले अघि बढेका छन् ।
नेकपा माओवादी केन्द्रबाट नारायणी दैनिकका प्रकाशक÷सम्पादक सन्तोष न्यौपाने हेटौँडा–१० को अध्यक्षको उम्मेदवारको रुपमा अघि बढेका छन् । चुनावी अभियानमा व्यस्त रहेका न्यौपाने माओवादी केन्द्रका १० नम्बर वडा अध्यक्ष पनि हुन् । न्यौपाने २०६२/०६३ को जनआन्दोलनमा चर्चित थिए । हेटौँडा सन्देशका सम्पादक रहेका न्यौपानेलाई तत्कालिन क्षेत्रीय प्रशासक रविन्द्र चक्रवर्तीले लोकतन्त्रको पक्षमा समाचार लेखेको भन्दै नियन्त्रणमा लिएका थिए । दुई दशकदेखि पत्रकारितामा सक्रिय न्यौपाने भ्रष्टाचार र विकृतिमाथि खरो रुपमा समाचार लेख्ने र प्रस्तुत हुने व्यक्तित्वको रुपमा चिनिन्छन् ।
उम्मेदवारको रुपमा चुनावी अभियानमा रहेका उनीहरुले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक मनोनयन दर्ता गर्ने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार