File Photo
३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले वितरण गरेको आर्थिक सहायता कानून सम्बत नभएको प्रदेशको सार्वजनिक लेखा समितिले ठहर गरेको छ । लेखा समितिको मंगलबार बसेको अनलाईन बैठकले महालेखा परिक्षकको प्रतिवेदन २०७५ ले औल्याएका गल्ती तथा बेरुजुबारे छलफल गर्दै यस्तो ठहर गरेको हो ।
महालेखाको प्रतिवेदनको दफा ६ मा उल्लेख भएका अनुसार विना कार्यविधि वितरण गरेको आर्थिक सहयता कानून सम्बत नभएको लेखाले ठहर गरेको समितिका सदस्य सांसद प्रभात लामाले जानकारी दिए । समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बेरुजुबारे छलफल गरेको थियो ।
बैठकले यसबारे मन्त्रालयले विस्तृत जानकारी उपलव्ध गराउन निर्देशन दिएको र यसबारे थप अध्ययन गर्ने भएको छ । बैठकले बागमती प्रदेश सरकारको सबै मन्त्रालयमार्फत फर्निचर, कम्प्यूटर, मेसीन र अन्य मसलन्द सामान खरिद गर्दा प्रचलित कानून बमोजिम अवलम्बन गर्नुपर्ने प्रक्रिया अवलम्बन नगरी सोझै खरिद गरेको देखिएकोले उक्त प्रक्रियाबाट खरिद गरेका बिल भर्पाई तथा अन्य विस्तृत जानकारी लेखा समितिलाई उपलब्ध गराउन सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले उक्त प्रक्रिया उपर अध्ययन गर्ने भएको छ ।
यस्तै, सवारी साधन खरिद गर्दा अवलम्बन गरेको प्रक्रिया पनि सार्वजनिक खरिद ऐनको माध्यम खुल्ला प्रतिस्पर्धाको माध्यमबाट खरिद नगरी क्याटलग सपिङ बिधीबाट खरिद गरेको देखिएकोले उक्त प्रक्रियाबाट खरिद गर्दा अवलम्बन गरेको विस्तृत जानकारी उपलब्ध गराई थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने निर्णय गरेको समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठले जानकारी दिए ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

