१ जेष्ठ, हेटौंडा । हिजो बुधबार साँझ बसेको सर्वदलिय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।
नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनतालाई साथ लिएर अगाडी बढ्न पनि सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा भारसँगको सीमा समस्या समाधान गर्न कुटनीतिक वार्ता नै उपयुक्त हुने सुझाव नेताहरुले दिएका हुन् ।
समस्या समाधानका लागि सरकारले चालेका हरेक कदममा साथ दिने बचन दिँदै नेताहरुले सरकारलाई आफ्नो अडान कायम राख्न भनेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्व प्रधानमन्त्रीहरुले सरकारले प्रभावकारी कदम चाले हरेक प्रयासमा साथ रहने विश्वास दिलाउनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको सुझाव अनुसार कुटनीतिक वार्ता एकमात्रै समस्या समाधानको विकल्प भएको र सरकार अबिलम्ब वार्ता गर्ने पक्षमा रहेको बताएका थिए ।
वार्ताका लागि भारतले कोरोनालाई कारण बनाएपनि कोरोनाकै कारण वार्ता नरोकिने प्रधानमन्त्रीको भनाई रहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदि नै सीमा नदि भएको र सीमा समस्या समाधानका लागि भारतसँग मात्रै नभएर चीनसँगपनि कुटनीतिक वार्ता गर्नुपर्ने सुझाव आफुले दिएको बताए ।
यसैगरी विदेशमा रहेका स्वदेश फर्किन चाहाने नागरिकलाई सुरक्षित रुपमा स्वदेश ल्याउन पनि सरकारलाई आग्रह गरेको उनले बताए ।
बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सीमा समस्या समाधानका लागि सरकारले नेपाली जनतार्लाइ विश्वसमा लिएर अगाडी बढ्नुपर्ने बताएका थिए ।
राष्ट्रियताको पक्षमा सबै नेपाली जनता र सबै पार्टीले साथ दिने भएकाले जनतालाइ साथमा लिएर जानुपर्ने सुझाव आफुले दिएको उनको भनाई थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















