सांकेतिक तस्विर
२ जेठ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट विभिन्न क्षेत्र जाने एम्बुलेन्सको भाडा दर तोकेको छ । एम्बुलेन्सले जथाभावी भाडा लिने गरेको गुनासोपछि प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले भाडादर निर्धारण गरेको हो ।
समितिका अध्यक्ष दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले हेटौंडाबाट काठमाडौंको भाडा ७ हजार ५ सय रुपैंया, हेटौडा–चितवन ३ हजार रुपैंया, हेटौंडा–बीरगंज २ हजार रुपैंया, हेटौंडा–डंकन (रक्सौल) ३ हजार रुपैंया, हेटौंडा बजारको चार किल्ला (माछा प्लान, सामरी, हनुमानगेट, सरस्वति खोला) मा ३ सय रुपैया र नगर बाहिर ३ सय रुपैंयाका अतिरिक्त प्रतिकिलोमिटर २५ रुपैंयाका दरले लिन पाउने व्यवस्था गरेको छ । बैठकले जिल्लामा संचालित सबै एम्बुलेन्सलाई चालु हालतमा राख्न, पार्टिसन गर्न बाँकी रहेका एम्बुलेन्सलाई पार्टिसन गर्न लगाउने निर्णय समेत गरेको छ । बैठकले विरामी जिल्ला बाहिर लैजाँदा अस्पताल वा चिकित्सवको रिफर कागज भएमा मात्रै लैजाने र यसको जानकारी सबै एम्बुलेन्स संचालनकर्तालाई गराउने निर्णय गरेको छ ।
बैठकमा मकवानपुरका प्रहरी प्रमुख, हेटौंडा अस्पताल, रेडक्रस, स्वास्थ्य कार्यालय, नीजि अस्पताल, एम्बुलेन्स चालकका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । हेटौंडा एम्बुलेन्सको भाडा दर महंगो मात्रै नभई एम्बुलेन्स पाउनै मुस्किल हुने गरेको छ । केही एम्बुलेन्सले दिउँसो नै विरामी बोक्न आनाकानी गर्ने गरेका छन् भने रातको समयमा हेटौंडामै भएपनि अन्यत्र भएको बहाना गर्ने गरेको गुनासो छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















