२ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४५ लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४५ लाख २५ हजार १ सय ३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ९६ हजार ३ सय ७१ जनाले थपिएको छ । संक्रमित मध्ये अहिलेसम्म ३ लाख ३ हजार ८२ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १७ लाख २ हजार १ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १४ लाख ५७ हजार ५ सय ९३ जना मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा अमेरिकामा २७ हजार २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि स्पेनमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ २ लाख ७२ हजार ६ सय ४६ जना संक्रमित रहेका छन् ।
पछिल्लो समय संक्रमितको सख्या ह्वात्तै बढेपछि रसिया र बेलायत संक्रमितको तेश्रो र चौथो स्थानमा पुगेका छन् ।
रसियामा संक्रमितको संख्या २ लाख ५२ हजार २ सय ४५ पुगेको छ भने बेलायतमा संक्रमितको संख्या २ लाख ३३ हजार १ सय ५१ पुगेको छ । यस्तै इटलीमा कोरोना संक्रमितको संख्या २ लाख २३ हजार ९६ पुगेको छ ।
यसैगरी पछिल्लो केहीदिन लगातार संक्रमितको संख्या बढीहरको ब्राजिलमा संक्रमितको संख्या २ लाख २ हजार ९ सय १८ पुगेका छन् । यहाँ एकैदिन १३ हजार ७ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् भने फ्रान्समा संक्रमितको संख्या १ लाख ७८ हजार ८ सय ७० पुगेको छ ।
यसैगरी जर्मनी, टर्की, इरान, भारत, पेरु लगाएतका मुलुकहरुमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


















