३ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख ८ हजार ४ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ७२ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ४६ लाख २१ हजार ४ सय १० जना मानिस संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा ९९ हजार ४ सय १ जना मानिस नयाँ संक्रमितको रुपमा थपिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार १७ लाख ५७ हजार १ सय २८ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै भाइरसका संक्रमणका कारण अहिले ४५ हजार ८ जनाको गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २५ लाख १३ हजार ४ सय ४८ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ८८ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५ सय ९५ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि बेलायतमा सबैभन्दा बढीको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३३ हजार ९ सय ९८ पुगेको छ । बेलायतमा एकैदिन ३ सय ८४ जनाको मृत्यु भएको छ ।
यसैगरी इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३१ हजार ६ सय १० पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा २४ घण्टामा २ सय ४२ जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २७ हजार ४ सय ५९ पुगेको छ । यहाँ थप १ सय ३८ जनाको मृत्यु भएको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार ५ सय २९ पुगेको छ । यहाँ पछिल्लो समय १ सय ४ जनाको ज्यान गएको छ ।
पछिल्लो समय दक्षिण अमेरिकि मुलुक ब्राजिलमा कोरोनाको संक्रमण र मृत्यु दर दुबै बढेको छ । यहाँ अहिलेसम्म १४ हजार ८ सय १७ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या २ लाख १८ हजार २ सय २३ रहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा १५ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् भने ८ सय २४ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म रसिया बेल्जियम, जर्मनी, इरान, नेदरल्याण्डस, क्यानडा, टर्की, स्वेडेन, मेक्सिको, स्विटजरल्याण्ड जस्ता देशहरु बढी प्रभावित भएका छन् ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















