३ जेठ, हेटौांड । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस रोगको महामारीका बेला सबेले भोग्नुपरेका चिन्ता र चुनौतीलाई मध्यनजर गर्दै संक्रमणबाट जोगिन र जोगाउन अपनाउनु पर्ने नैतिक सिद्धान्तबारे सुझाव सार्वजनिक गरेको छ ।
काउन्सिलले चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी, आफन्त तथा समुदायले पालना गर्नु पर्ने निर्देशनात्मक सुझावहरु सार्वजनिक गरेको हो । यही सुझावहरु अनुसार सचेत भई संक्रमण नियन्त्रण गर्न चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई अघि बढ्न सुझाव समेत दिएको छ ।
काउन्सिलले सार्वजनिक गरेको सुझावमा संक्रमितको उपचार गर्दा र कदाचित मृत्यु भइहालेमा स्वास्थ्यकर्मी तथा मृतकका आफन्तले अपनाउनु पर्ने सावधानीसमेत रहेका छन् ।
व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)का सम्बन्धमाः
१. सम्पूर्ण चिकित्सक, नर्स, ल्याबका प्राविधिक, रेडियोलोजी, फिजियोथेरापिस्ट लगायत अन्य स्वास्थ्यकर्मीहरुले आफू कार्यरत अस्पतालमा पीपीई माग गर्न सकिने । आफू सुरक्षित भई बिरामीको उपचार गर्ने ।
बिरामीको उपचारमा ध्यान दिनपर्ने कुराहरुः
१. कस्ता बिरामीलाई कोरोना परीक्षण गर्ने र के–के परीक्षण गर्नुपर्ने सम्बन्धमा तोकिएको सरकारी एजेन्सीको मापदण्डलाई फलो गर्ने ।
२. कुन बिरामीलाई घरमा नै सेल्फ क्वारेन्टाइन बस्न सक्ने, कसलाई आइसोलेसनमा राख्ने तथा कसलाई भर्ना गर्ने भन्ने सम्बन्धमा कोरोना उपचार सम्बन्धी मापदण्ड अनुसार अघि बढ्ने ।
३. गम्भीर अवस्थामा स्रोत र साधनको अभाव भएमा सरकारको गाइडलाइनलाई फलो गर्दै कसलाई कुन सेवाको आवश्यक छ त्यसको ख्याल गर्ने ।
संक्रमितको मृत्यु भइहालेमा ध्यान दिनुपर्ने कुराहरु:
१. आइसोलेसन अथवा कुनै निश्चित क्षेत्रमा रहेको कोभिड नाइन्टिन संक्रमितको शवलाई व्यवस्थापन गर्दा सर्वप्रथम स्वास्थ्यकर्मीहरुले आफ्नो हात सफा गरि पानी नछिर्ने गाउन, पञ्जा, मास्क, गगल्स प्रयोग गर्नुपर्दछ । र तिखो सामग्री व्यवस्थापनमा विशेष ख्याल गर्नुपर्दछ ।
२. मृत्यु अघि संक्रमितको उपचारका लागि प्रयोग गरिएका मेडिकल सामग्री जस्तै ट्युव, ड्रेन, क्याथेटर पाइपहरु शरीरबाट निकाल्ने ।
३. उपचारका लागि ट्युव, ड्रेन, क्याथेटर पाइपहरु लगायतका मेडिकल सामग्री प्रयोग गर्दा शरीरमा भएका घाउ तथा प्वाललाई १ प्रतिशत हाइपो क्लोराइटले सफा गरि घाउ र प्वाललाई प्लाष्टर गर्ने ।
४. शरीरबाट मेडिकल सामग्री तथा अन्य तिखो उपकरणहरु निकाल्दा विशेष ख्याल गरि आफुलाई नघोच्ने गरि निकाल्नुपर्दछ ।
५. शवबाट संक्रमण फैलन नदिन शरीरका प्वाल जस्तै नाँक, कान लगायतका श्राव हुने अंगहरु पूर्ण रुपमा बन्द गर्ने ।
६. शवलाई आइसोलेसनबाट बाहिर निकाल्नु अघि यदि मृतकका आफन्तले शव हेर्न चाहेमा उनीहरुलाई तोकिएको मापदण्ड अनुसार सावधानी अपनाउन लगाउने ।
७. शवलाई प्लाष्टिकको झोलामा पूरै शरीर ढाकेर राख्ने । प्लाष्टिकको झोला पनि पानीमा १ प्रतिशत हाइपो क्लोराइट र ब्लीच पाउडर मिसाएर सफा गर्ने । त्यसपछि फेरि अर्काे नयाँ प्लाष्टिक अथवा मृतकका आफन्तले उपलव्ध गराएको कपडामा बेर्ने र फेरि हाइपोक्लोराइटले सफा गर्ने ।
८. माथिका सबै प्रकृया पूरा गरेपछि शव आफन्तलाई हस्तान्तरण गर्ने ।
९. शव राखेको झोला र शव छोप्न प्रयोग गरिएका कपडालाई निश्चित तोकिएको स्थानमा डिस्पोज गर्ने ।
१०. शवमा प्रयोग गरिएका सम्पूर्ण मेडिकल सामग्रीलाई बायो मेडिकल फोहोर व्यवस्थापन नियम अनुसार डिस्पोज गर्ने ।
११. शव हस्तान्तरण गर्ने स्वास्थ्यकर्मीले हस्तान्तरण गर्नु अगाडि आफूले प्रयोग गरेको सबै सुरक्षाका सामग्री शरीरबाट निकालेर डिस्पोज गर्ने र राम्रोसँग हात धुने ।
१२. मृतकका आफन्तलाई शव हस्तान्तरण गर्दा दाहसंस्कार गर्ने समयमा अपनाउनु पर्ने सावधानी राम्रोसँग बुझाउने ।
शवलाई अन्तिम संस्कार स्थलसम्म पुर्याउँदा ध्यान दिनपर्ने कुराहरुः
१. शव बाहनमा रहेका ड्राइभर तथा कर्मचारीमा संक्रमण हुन नदिन हाइपो क्लोराइटयुक्त प्लाष्टिकमा बन्द गरेर शवलाई सुरक्षित अवस्थामा अन्तिम संस्कार गर्ने स्थलसम्म पुर्याउने ।
२. शव ह्याण्डल गर्ने जो कोहीले मास्क, पञ्जा र टाउको ढाक्ने गरि व्यक्तिगत सुरक्षाका सामग्री प्रयोग गर्ने ।
३. शव ओसारपसार गरेको वा अन्तिमसंस्कार स्थलसम्म पुगेका कुनै पनि बाहनलाई १ प्रतिशत हाइपोक्लोराइटले सफा गर्ने ।
अन्तिम संस्कार गर्दा ध्यान दिनपर्ने कुराहरुः
१. शव गाड्ने वा जलाउने स्थलमा जाने कर्मचारी वा व्यक्तिहरु उच्च जोखिममा हुन्छन् त्यसैले उच्च सतर्कता अपनाउनुपर्दछ ।
२. कर्मचारी वा व्यक्तिले हातको विशेष सरसफाई गर्नुका साथै मास्क र पञ्जाको प्रयोग गर्ने ।
३. अन्तिम समयमा एकपटक आफन्तलाई मृतकको अनुहार मात्रै देखाउने ।
४. धर्म संस्कृति अनुसार दाहसंस्कार गर्दा शरीरलाई नछोइ अथवा पानीमा नडुबाई गर्ने ।
५. नुहाउने, अँगाल्ने लगायतका शरीरमा छोएर गरिने कुनै पनि क्रियाकलाप नगर्ने र नगराउने ।
६. अन्तिम संस्कार सकेपछि संस्कारमा सहभागी भएका सबैले राम्रोसँग हात धुने तथा सरसफाईमा ख्याल गर्ने ।
७. अस्तु तथा खरानी संकलन गर्न सकिनेछ ।
८. अन्तिम संस्कारको समयमा भीड नगर्ने ।
साभारः हेल्थपाटी अनलाइन
फोटोः गुगल
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)