४ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख १२ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख १२ हजार ३ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हना। २ सय ३० जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ४७ लाख १६ हजार ९ सय ८७ जना मानिस संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा ९५ हजार ५ सय ७८ जना मानिस नयाँ संक्रमितको रुपमा थपिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार १८ लाख १० हजार ७८ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै भाइरसका संक्रमणका कारण अहिले ४४ हजार ८ सय ३१ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २५ लाख ४९ हजार ६ सय ९४ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ८९ हजार ५ सय ९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८८ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि संक्रमणबाट मृत्यु हुने देशमा बेलायत दोश्रो स्थानमा छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३४ हजार ४ सय ६६ पुगेको छ । बेलायतमा एकैदिन ४ सय ६८ जनाको मृत्यु भएको छ ।
यसैगरी इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३१ हजार ७ सय ६३ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा २४ घण्टामा १ सय ५३ जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २७ हजार ५ सय ६३ पुगेको छ । यहाँ थप १ सय ४ जनाको मृत्यु भएको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार ६ सय २५ पुगेको छ । यहाँ पछिल्लो समय ९६ जनाको ज्यान गएको छ ।
पछिल्लो समय दक्षिण अमेरिकि मुलुक ब्राजिलमा कोरोनाको संक्रमण र मृत्यु दर दुबै बढेको छ । यहाँ अहिलेसम्म १५ हजार ६ सय ३३ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या २ लाख ३३ हजार १ सय ४२ रहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा १४ हजार ९ सय १९ जना संक्रमित थपिएका छन् भने ८ सय १६ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म रसिया बेल्जियम, जर्मनी, इरान, नेदरल्याण्डस, क्यानडा, टर्की, स्वेडेन, मेक्सिको, स्विटजरल्याण्ड जस्ता देशहरु बढी प्रभावित भएका छन् ।
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


















