२३ बैशाख, हेटौंडा । नेपाली काँगे्रेसले हेटौंडा–१ लालझाडीलाई पर्यटकीय गाउँ बनाउने घोषणा गरेको छ ।
नेपाली काँग्रेस हेटौंडा वडा नम्बर–१ को चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत् लालझाडीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस मकवानपुर सभापति तथा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी भएको खण्डमा त्यसक्षेत्रलाई पर्यटकीय गाउँको रुपमा विकास गरिने बताएका हुन् ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार आनन्दराम पराजुलीले लालझाडीको झोलुङ्गेपुलको आन्दोलनदेखि नै आफू त्यसक्षेत्रको विकासमा सक्रिय रहेको भन्दै उनले केही समय अगाडि सडक विस्तारका लागि पनि आफूले सहयोग गरेको बताए ।
मेयरमा निर्वाचित भएको खण्डमा पर्यटकीय पार्क, मन्दिर, गुम्बा तथा पिकनिक स्पट निर्माण गरेर त्यसक्षेत्रको विकासका लागि म क्रियाशील रहने पराजुलीले बताए । नेपाली काँग्रेसको तर्फबाट हेटौंडा–१ नम्बर वडा अध्यक्षका उम्मेदवार सविन न्यौपाने तथा सदस्यहरु जंगबहादुर बस्नेत, लवाङ लामा, सरस्वती श्रेष्ठ, समिता सुनार रसाईलीलगायतले आफू उम्मेदवार भएको खण्डमा गर्ने नीति तथा कार्यक्रमबारे सबैलाई जानकारी गराएका थिए ।
वडा नम्बर–१ को लालझाडी क्षेत्रमा शनिबार चुनाव प्रचारप्रसार टोलीले घरदैलो कार्यक्रम समेत आयोजना गरेको छ ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




