Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने कांग्रेसको तयारी

thumb-1589683544.jpg

४ जेठ, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते संघिय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम माथी संसोधन पेश गर्ने भएको छ ।
कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने जनाएको छ ।
काँग्रेस संसदीय दलको शनिवार बसेको बैठकले नीति तथा कार्यक्रमले कोरोना भाइरसबाट प्रतावित जनतालाई आशा र भरोसा पनि दिलाउन नसकेको निष्कर्ष निकाल्दै संशोधन पेश गर्ने निर्णय गरेको हो ।
काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसको रोकथाम, न्यूनीकरण र संक्रमितको उपचारलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम संसोधन हुनुपर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले जारी लकडाउनको अवस्थामा मजदूर तथा श्रमिक, किसान, अध्ययनको सिलसिलमा घरभन्दा टाढा रहेका विद्यार्थी, अन्य रोगबाट ग्रसित बिरामी एवं दीर्घ रोगी, शारीरिक अशक्त तथा असहाय व्यक्तिले पीडा झेल्नु परिरहेको भन्दै उनीहरुको जीवनयापनका लागि समुचित राहत प्याकेजको घोषणा  गर्न पनि सरकारसँग माग गरेको छ । 
यसैगरी बैठकले भारतद्वारा नेपाली भूमिको अतिक्रमण हुँदा समेत आफ्नो भूमिको रक्षाका लागि सरकार संवेदनशील नरहेको र ठोस कदम चाल्न नसकेको टिप्पणी गर्दै अविलम्ब कूटनीतिक प्रयास गरी नेपालको भूमिको रक्षा गर्न सरकारसँग माग गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार