Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पक्षपात नगर्न मकवानपुरगढी गाउँपालिकालाई कांग्रेसद्वारा सचेत

IMG_20200517_153805-1589709202.jpg

४ जेठ, हेटौंडा ।गाउँपालिकाका क्रियाकलापमा पक्षपात नगर्न नेपाली कांग्रेस मकवानपुरगढी गाउँकार्यसमितिले मकवानपुरगढी गाउँपालिकालाई सचेत गराएको छ । आइतबार गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस मकवानपुरगढीले यस्तो माग गरेको हो । 

कांग्रेसले लकडाउनको समय लम्बिदै जाँदा खाद्य संकट बढेकाले दैनिक ज्याला मजदुर गरेर खाने परिवारलाई तत्काल समानुपातिक र पारदर्शी तरिकाले राहत वितरण गर्न माग गरेको छ । लकडाउनका कारण चालु आर्थिक बर्षमा सम्झौता भएका योजनाहरु सम्पन्न गर्न कठिनाई हुने भएकाले यसलाई निरन्तरता दिंदै बजेट थप गरेर आगामी आर्थिक बर्षमा सम्पन्न गर्ने वातावरण तयार गर्नुपर्ने, आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दा सर्वपक्षीय संयन्त्रमार्फत युवा, विपन्न वर्ग, महिला, कृषकमुखी बजेट निर्माण गर्नुपर्ने, गाउँपालिकामा चट्याङको जोखिम बढेकाले यसको सुरक्षाको उपाय अवलम्बन र पीडितलाई राहत उपलव्ध गराउनुपर्ने माग समेत कांग्रेसले गरेको छ । 

कांग्रेस मकवानपुरगढीले बाँदरका कारण बालीनालीमा क्षति हुँदा किसानहरु मारमा परेकाले बाँदरको व्यवस्थापन र किसानलाई उचित राहत उपलव्ध गराउनुपर्ने, गाउँपालिकाका सबै क्षेत्रमा इन्टरनेटको पहुँच नभएकाले गाउँपालिकाबाट सम्प्रेषण हुने सूचना सबैको पहुँचमा नपुगेकाले यसलाई सरल र व्यवस्थित ढंगबाट सम्प्रेषण गर्न समेत माग गरिएको छ ।ज्ञापनपत्र बुझाउन कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल जिल्ला सदस्य, क्षेत्रीय सदस्य विष्णु न्यौपाने, गाउँपालिका सभापति राजविर मोक्तान, उपसभापति मन्दिरा केसी, गाउँ कार्यसमिति सचिव रामशरण धिताल लगायतको टोली गाउँपालिका पुगेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार