Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रियसभा: सत्ता पक्ष र प्रतिपक्ष बिच जुहारी

rastryasava-1589787428.jpg

५ जेठ, हेटौंडा । राष्ट्रियसभाकोे बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन् ।
सोमबारको राष्ट्रियसभाको बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको स्वागत गरेका छन् ।
उनीहरुले मुलुकको आवश्यकता अनुसार कार्यक्रम आएको भन्दै सरकारको बचाउ गरेका छन् । तर विपक्षी दलका सांसदहरुले भने कोरोनाले प्रभावित भएको जनताको जनजीवन उकास्ने तथा शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम आउन नसकेको भन्दै सुधारको आवश्यकता औल्याएका छन् ।
नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले नीति र कार्यक्रम सामुहिक रुपमा प्रस्तुत भएको,राष्ट्रको आवश्यकता तथा जनताको चाहाना र सपनालाई सम्बोधन गरेको भन्दै सरकारको बचाउ गरे ।
सरकारले यसअघि भनेको र देखाएको सपना पुरा गरेको भन्दै उनले नेपाल सरकार अग्नि परीक्षामा खरो उत्रिएको दाबी गरे ।
सरकारले कयौ विकास निर्माणका काम संगै समाजवाद प्रति प्रतिवद्धता जनाएको, राष्ट्रिय स्वाधिनताको पक्षमा बोलेको भन्दै नीति तथा कार्यक्रमको प्रशंम्सा गरे ।
नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य तारादेवी भट्टले लकडाउनपछि शिथिल बनेको अर्थतन्त्र उकास्ने किसिमका आर्थिक पुर्नसंरचनाको कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरीन।
नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमले भ्रष्टाचारलाई बढाउने त होइन भन्ने प्रसस्त आधार देखिएको भन्दै उनले शहरकेन्द्रीत नभई स्थानीय निकायलाई शक्तिशाली बनाउने तर्फ बजेट केन्द्रीत गर्नुपर्ने धारणा राखीन।
कृषि उत्पादनलाई दोब्बर बनाउने भनिएपनि मलखाद तथा सिंचाईको व्यवस्था मिलाउने तर्फ कार्यक्रम समावेश नभएको, श्रमिक बजारको लिस्ट बनाउने भनिएको भएपनि श्रमलाई नीतिमा रुपान्तरण कसरी गर्ने भन्ने दृष्टिकोण नआएको बताइन् ।
लकडाउनका कारण सर्वसाधरणको दैनिकी संगै मुलुकको आर्थिक क्षेत्र नराम्रोसंग प्रभासिवत भएको भन्दै उहाँले तत्काल राहत प्याकेज तथा आर्थिक पुर्नसंरचनाको प्याकेज ल्याउनुपर्नेमा जोड दिइन ।
छलफलमा नेकपाका राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, राष्ट्रियसभा सदस्य दिल कुमारी रावल लगाएतले भाग लिएका थिए । फोटो: गुगल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार