६ जेठ, हेटौंडा । सरकारले आगामी बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल आज मंगलबार पनि जारी छ ।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका राष्ट्रियसभाका संसदीय दलका नेता राधेश्याम अधिकारी ले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्टिले अपुरो भएकाले पुर्नलेखन गर्नुपर्ने माग गरेका छन् ।
उनलेे कोरोना विरुद्धको महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक संकट समाधानका लागि सबै दलहरुबीच राष्ट्रिय एकता हुनुपर्नेमा आफुहरुको विमति नभएको भन्दै अपुरो दस्तावेजलाई पुरा गर्न मात्रै माग गरेको बताए ।
मौलिक अधिकारका कानुन कार्यन्वयन हुन नसकेको भन्दै उनले लोकतन्त्रमा नागरिकको अधिकार प्रत्याभुति हुन नसकिरहेको कुरा सरकारले स्वीकार गर्नसक्नुपर्ने बताए।
स्थानीय सरकारलाई दिनुपर्ने एकल अधिकार नदिएकाले स्थानीय सरकारको गुनासो संघीय सरकारप्रति बढ्दै गएको भन्दै ती विषयलाई पनि सरकारको नीति तथा कार्यक्रमले समावेश गर्न नसकेको नेता अधिकारीले टिप्पणी गरे ।
यस्तै नेता अधिकारीले सरकारले समानुपातिक समावेशी सिद्धान्तलाई अनुसरण गर्न नसकेको, राजनीतिक विचलनमा सरकार खरो उत्रन नसकेको , कोभिड १९ संक्रमणको स्थितिको प्रक्षेपण गर्न नसकिएको ,भेन्टिलेटर लगायतका स्वास्थ्यतयारी गर्न नसकेको आरोप पनि लगाए ।
उनले संक्रमणको दृष्टिले जोखिमपुर्ण क्षेत्रमा स्वास्थ्य सामाग्री नपुग्नु, महामारीको समयमा किनेको सामानमा आर्थिक अनियमितता हुनु, शिक्षामा योजना नआउनु, रेमिट्यान्स लगायत कृषि उत्पादन वृद्धिको योजना नहुनु लगायतले नीति तथा कार्यक्रम पुर्ण हुन नसकेको बताए ।
उनले भारतीय सिमामा अलपत्र परेका नेपाली माथि सरकारले समान व्यवहार नगरेको भन्दै तत्काल देश भित्र्याएर उनीहरुको उचित ब्यबस्थापन गर्न माग गरे ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















