Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नीति तथा कार्यक्रम मुलुकको आवश्यकता अनुकुल: शर्मा

e0a4a8e0a4afe0a4bee0a481-1589873042.jpg

६ जेठ, हेटौंडा । राष्ट्रियसभाको मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताएका छन् ।
उनले राष्ट्रिय आवश्यकता, सोचाईको धरातल र उचाईका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताए । उनले लोकतान्त्रिक मुल्य मान्यताको वस्तुगत धरातल, वर्तमान आवश्यकतालाई संम्बोधन, समाजवाद उन्मुख, राष्ट्रिय हित, राष्ट्रिय स्वभिमान र सार्वभौमसत्तालाई आत्मसाथ गरेकाले नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल भएको दाबी गरे ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर २६९ मा उल्लेख गरिएको प्रतिवद्धता अनुसार सरकारले नयाँ नक्सा जारी गरेर  आफ्नो प्रतिवद्धता सम्बोधन गरेको भन्दै उनले सरकारको बचाउ गरे ।
लोकतन्त्र दर्शन र सिद्धान्त मात्रै नभई जीवन व्यवहार भएकाले नीति तथा कार्यक्रमले जीवन व्यवहारलाई सम्बोधन गरेको उनको दाबी छ ।
नेता शर्माले सरकारले गरेको प्रतिबद्धता अनुसार नै कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र महामारीबाट प्रभावित सामाजिक आर्थिक क्षेत्रहरुलाई पुनर्जीवन दिई विकास निर्माणलाई तिब्रता दिने विश्वास ब्यक्त गरे ।
उनले सरकारको नीति तथा कार्यक्रमका विपक्षमा विचार राखेर प्रतिपक्षले धर्म निर्वाह गरेको टिप्पणी गर्दै नीति तथा कार्यक्रमलाई पुर्नलेखन गर्नुपर्छ भन्नु निषेधको राजनीति भएकाले प्रतिपक्षी दललाई संशोधन प्रस्ताव फिर्ता लिन आग्रह पनि गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार