Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

परीक्षण नगरी जोखिम मोलेर बागमतीको प्रदेशसभा संचालन गरिंदै

Bagamati-Pradesh-Sava-1590125923.jpg

९ जेठ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक कोरोना परीक्षण नगरी जोखिम मोलेर संचालन गरिने भएको छ । जेठ १२ गतेका लागि बोलाईएको बैठक संचालनका लागि भएको कार्याव्यवस्था परामर्श समितिको बैठकमा सरकारतर्फबाट मन्त्रीहरुले कोरोना परीक्षण गर्नु नपर्ने धारणा राखेपछि जोखिम मोलेर प्रदेशसभा संचालन हुन लागेको हो । 
बैठकमा सहभागी एक सांसदका अनुसार बैठकमा उपस्थित आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकास मन्त्री युवराज दुलालले त्यस्तो धारणा राखेपछि कोरोना परीक्षण विनै बैठक संचालन हुने देखिएको छ । उनीहरुले परीक्षण गरेको भोलीपल्ट पनि कोरोना संक्रमणको जोखिम बढ्ने भन्ने ढंगको अभिव्यक्ति दिएको परामर्श समितिका ति सदस्यले बताए ।
‘हामीले पिसिआर परीक्षणका लागि लेखेर पठाएका छौं ।’–प्रदेशसभाका सचिव कृष्णहरी खड्काले भने–‘मूख्यमन्त्री लगायतसंग यसबारे परामर्श भईरहेको छ, निर्णय आएको छैन ।’ कोरोना परीक्षण नगर्दा जोखिम बढ्ने सांसदहरुको भनाई छ । कतिपय सांसदले नै संसद सचिवालयमा फोन गरेर कोरोना परीक्षण विना बैठक संचालन गर्दा आफुहरु उपस्थित नहुने जनाएको सचिवालय स्रोतको भनाई छ । जोखिम मोलेर बैठकमा आउन नसक्ने उनीहरुले बताएका छन् । 
‘परीक्षण गर्दा पनि केही दिन अघि नै समय दिनुपर्छ, अहिलेसम्म कुनै जानकारी आएकाले हामी अन्यौलमा छौं ।’–एक सांसदले भने । बागमती प्रदेशका केही जिल्लाबाहेक अधिकांश जिल्लामा कोरोना संक्रमण देखिएको अवस्थामा जोखिम मोल्नु मुर्खता हुने उनीहरुको भनाई छ । प्रदेशसभा बैठक संचालन हुन लागेको अन्य प्रदेशमा कतै आरडिटि त कतै पिसिआर परीक्षण गरिएको छ । संघीय संसदमा समेत सांसद, कर्मचारी र त्यहाँ प्रवेश गर्नेहरु सबैको परीक्षण गरिएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार