Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट मर्नेको संख्या ३ लाख ३९ हजार नाघ्यो

1-1590196750.jpg

१० जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख ३९ हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख ३९ हजार ९ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार २ सय ५२ जनाको मृत्यु भएको छ । 
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ५२ लाख ९८ हजार २ सय ७ जना मानिस संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा १ लाख ७ जार ७ सय १६ जना मानिस नयाँ संक्रमितको रुपमा थपिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार २१ लाख ५६ हजार ३ सय ८२ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै भाइरसको संक्रमणका कारण अहिले ४४ हजार ५ सय ८३ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २७ लाख ५८ हजार २ सय २६ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा अहिलेसम्म ९७ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २ स ९३ जनाको मृत्यु भएको छ । 
अमेरिकापछि संक्रमणबाट मृत्यु हुने देशमा बेलायत दोश्रो स्थानमा छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३६ हजार ३ सय ९३ पुगेको छ । यहाँ २४ घण्टाको अवधिमा ३ सय ५१ जनाको मृत्यु भएको छ । 
यसैगरी इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३२ हजार ६ सय १६ पुगेको छ । यहाँ  २४ घण्टामा १ सय ३० जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २८ हजार ६ सय २८ पुगेको छ । यहाँ थप ६ सय ८८ जनाको मृत्यु भएको छ । यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २८ हजार २ सय ८९ छ । 
पछिल्लो समय दक्षिण अमेरिकि मुलुक ब्राजिलमा कोरोनाको संक्रमण र मृत्यु दर दुबै बढेको छ । यहाँ अहिलेसम्म २१ हजार ४८ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या ३ लाख ३० हजार ८ सय ९० पुगेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ६९ जना संक्रमित थपिदा ९ सय ६६ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म रसिया बेल्जियम, जर्मनी, इरान, नेदरल्याण्डस, क्यानडा, टर्की, स्वेडेन, मेक्सिको, स्विटजरल्याण्ड जस्ता देशहरु बढी प्रभावित भएका छन् ।
 

2-1590196751.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

थप समाचार