Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपाका नेता तथा कार्यकर्तालाई कांग्रेसको सहायक प्रवक्ता जस्तोगरी अभिव्यक्ति नदिन कांग्रेसको आग्रह

unnamed-(5)-1590664927.jpg

१५ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसको सहायक प्रवक्ता जस्तोगरी अभिव्यक्ति नदिन कांग्रेसले आग्रह गरेको छ ।
नेपाली कांग्रेसको कारण संविधान सांशोधनको कार्यसूचि हटाइएको अभिव्यक्ति सत्तारुढ दलका नेताहरुले दिएपछि कांग्रेसले सहायक प्रवक्ता बन्ने प्रयास नगर्न आग्रह गरेको हो ।
सरकारका केही मन्त्री तथा मुख्यमन्त्रीले बुधबार कांग्रेसको कारण नेपालको नक्सा सच्याउने विषयमा तय भएको संविधान संशोधनको कार्यसूचि हटाइएको बताएका थिए ।
सोही विषयमा कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी खण्डन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले कम्युनिस्ट मन्त्रीहरु कांग्रेसको सहायक प्रवक्ता भएजस्तो गरी अभिव्यक्ति दिएको प्रति आपत्ति जनाए ।
उनले कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत धारणा बनाई अगाडि बढने बताएपनि संविधानको संशोधनको प्रक्रिया अगाडि बढाउन समय नमागेको स्पस्ट पारे ।
उनले संसदमा सुरु भएको प्रक्रियालाई अवरुद्ध गरिनुपर्छ भन्ने काङ्ग्रेसको कुनै माग, कुनै अपेक्षा विलकुलै नभएको उल्लेख गर्दै संसदमा कार्यसूचिबाट त्यसलाई हटाइनुपर्छ भन्ने नेपाली कांग्रेसको अभिव्यक्ति थियो आग्रह थियो भन्ने ढंगले सरकारका कतिपय मन्त्रीले र सत्तारुढ दल निकट रहेका एकजना मुख्यमन्त्रीले भन्नुभएको विषयलाई काङ्ग्रेसले गम्भिरता पूर्वक लिएको बताएका छन् ।
सरकारले जारी गरेको नक्सालाई सबैको स्वामित्व अनुभुती हुनेगरी संसदबाट पारित गराउन साझा सहमतिको वातावरण निर्माण गर्न प्रवक्ता शर्माले सरकारलाई आग्रह गरे ।
कांग्रेसले अभिव्यक्तिमा उग्रता भन्दा पनि पहलकदमीमा तिब्रताको पक्षमा रहेको र संसदबाट पारित गराउन सबै दलहरुबीच साझा दृष्टिकोण बनाउन कांग्रेस नेतृत्व गर्न तयार रहेको बताउदै उनले संविधान संशोधनका विषयमा संस्थागत धारणा बनाउन केन्द्रीय समितिको बैठक जेठ १७ गते शनिबार बस्ने जानकारी गराए ।
कांग्रेसले नक्साको विषयमा संविधान संशोधन गर्न सार्वजनिक रुपमा नै जवाफ दिइसकेको उल्लेख गर्दै सर्वदलिय बैठकमा सहभागि भएर कांग्रेसले कार्यसमितिको बैठकबाट संस्थागत निर्णय गर्ने बताएको तर समय नमागेको स्पस्ट पारे । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार