हेटौंडा -४ स्कुल रोडमा रहेको क्यानभास टेड्रर्स
सुनिल शिवाकोटी
१७ जेठ,हेटौँडा।विश्वव्यापी रुपमा फैलिरहेको कोबिड–१९का कारण विश्व ठप्प छ ।उद्योग कलकारखाना,बजार शिक्षण संस्था ठप्प रहेको छ ।कोबिड–१९को प्रभाव नेपालमा पनि देखिएको छ।कोबिड–१९लाई फैलन नदिन सरकारले देशमा लकडाउन गरेको छ ।लकडाउनका कारण बजार आशिंक खुलेका छन भने शैक्षिक संस्था पुर्ण रुपमा बन्द रहेका छन।
लकडाउनका कारण विद्यालयका पठनपाठन हुन नसकेपछि केही विद्यालय र क्याम्पसले पठनपाठन अनलाइनबाट सञ्चालन गरीरहेका छन। यसै क्रममा मकवानपुरका सामुदायीक र निजि विद्यालयले निश्चित समय तोकेर अनलाइनबाट सञ्चालन गरीरहेका छन।मकवानपुर जिल्लाका साथै सदरमुका हेटौँडाका केही निजि तथा सामुदायीक विद्यालयले अनलाइनबाट सञ्चालन गर्न थालेपछि मोवाइल र ल्याप्टपको बिक्रि वितरण र व्यापार बढेको छ।अनलाइनबाट सञ्चालनका लागि इन्टरनेट,मोवाइल,ल्यापटप र कम्प्युटरको आवश्यकपर्ने र जुम,वाट्सअप,फेसबुक म्यासेनजर लगायतका न्यु मिडियाको सहयोगमा अनलाईन कक्षा हुने भएकोले अभिभावकहरु मोवाइल र ल्याप्टप किन्न आउने गरेको मोवाइल तथा कम्प्युटर पसल संचालकहरु बताउछन ।
अहिले विभिन्न शैक्षिक संगठनको सहयोगमा स्थानिय टिभि रेडियोमा भरर्चुवल कक्षा संचालन भइरहको र विद्यार्थीको पठनपाठनमा सहयोग र्पुयाउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज सञ्चालनमा ल्याएकोले पनि एंड्रोएड मोवाइलको बिक्रि वितरण बढेको हेटौँडा–४ स्कुलरोडमा रहेको क्यानभास ट्रेड्र्सका संचालक श्याम अधिकारीले बताए । लकडाउनका कारण बजार बन्द भएपछि हेमडेलिबरी सेवा मार्फत दैनिक ५ देखि १० मोवाइल विक्रि भइरहेको अधिकारीले बताए ।
केही विद्यालयले दैनिक अनलाइन कक्षा संचालन गर्ने पाइएकोले अभिभावकले अनलाइन कक्षाका लागि फोन गरेर मोवाइलका बारेमा सोध्ने गर्छन,विशेषगरी राम्रो क्यामरा भएको १० देखि २० हजार मुल्यका मोवाइलको बढी डिमान्ड छ –अधिकारीले भने
विद्यार्थी मोनोटोनस नहुन भनेर विद्यालयले अनलाईन कक्षा चलाएका छन,कक्षा संचालनका लागी जुम,वाट्सअप,फेसबुक म्यासेनजर लगायतका एप्स आवश्यकपर्ने रहेछ ,के गर्नु सामान्य किप्याडवाला मोवाइलमा संभव नभएकोले एंड्रोएड मोवाइल चाहिने रहेछ ,क्यानभास ट्रेड्र्समा मोवाइल किन्दै गरेकी हेटौँडा ४ की पुनम ज्ञवालीले बताइन । यता हेटौँडा बजारमा रहेको न्यु क्रिशा मोवाइल पसलका संचालक कुमारमाणि त्रिपाठीले अनलाईन क्लासले गर्दा बजारमा १० देखि २० हजार मुल्यका मोवाइलको अभाव भएको बताएका छन ।बजार बन्द छ,नयाँ मोवाइल ल्याउन पाएको छैन,अनलाइन क्लासले गर्दा मोवाइलको बिक्रि बढेकोले स्टक सकियो–त्रिपाठीले बताए । ्
त्यसैगरी हेटौँडा–४ स्कुलरोडमा रहेको सोलुसन नेपालका संचालक मधुसुदन अधिकारीले लकडाउनमा मानिस घरमा बसेर ल्याप्टपमा काम गर्ने र विभिन्न विद्यालयले संचालनमा ल्याएको अनलाइन कक्षाले गर्दा ल्यापटपको व्यापार भइरहेको बताए।उनले भने–मैले पसल खोलेको छैन तर घरमै ल्याप्टप किन्न आउने गरेकोले घरबाटै व्यापार भइरहेको छ ।
सिमाचोकमा रहेको न्यु क्रिसा मोबाइल
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















