Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाश गाउँपालिकामा आगलागीको निष्पक्ष छानविन गर्न कांग्रेसको माग, एकपक्षीय समिति अस्विकार

FB_IMG_1591114415192-1591114545.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसले मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा जेठ १५ गते भएको आगलागीको निष्पक्ष छानबिनको माग गरेको छ । कांग्रेस क्षेत्रीय समितिद्वारा विज्ञप्ति जारी गर्दै आगलागीबाट गाउँपालिकाको कार्यालयमा रहेका विभिन्न महत्वपूर्ण कागजात तथा फर्निचरहरु जलेर नष्ट भएकोमा कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ (ख) (साविक मकवानपुर क्षेत्र नं. ४) ले दुःख व्यक्त गर्दै निष्पक्ष छानविनको माग गरेको हो ।
विज्ञप्तिमा 'गाउँपालिकाको कार्यालयमा एक्कासी आगलागी हुँदा स्थानीय जनताहरु गाउँपालिकाबाट पाउने अत्यावश्यक सेवासुविधा लिनबाट बञ्चित भएका छन् । स्थानीय जनताहरुलाई गाउँपालिकाबाट तत्काल अत्यावश्यक सेवासुविधा प्रदान गर्न' माग गरिएको छ ।
गाउँपालिकाको कार्यालयमा आगलागीबाट करोडौंको क्षति भएको र गाउँपालिकाले उपाध्यक्ष सुकुमाया थिङको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको भन्दै एक पक्षीय रुपमा गठन गरिएकोमा नेपाली कांग्रेस प्रतिनिधिसभा २ (ख) (साविक मकवानपुर क्षेत्र नं. ४) का सभापति लोकबहादुरले मुक्तानले विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा 'घटना के कसरी भएको हो ? सत्यतथ्य छानविन गर्नलाई नेकपामा आवद्ध नेता कार्यकर्ता मात्रै छानविन समितिमा रहेकाले निष्पक्ष छानविन हुनेमा शंका रहेको छ । कैलाश गाउँ कार्यपालिकाले स्थानीय राजनीतिक दलहरुलाईसमेत बेवास्ता गर्दै नेकपा निकट नेता कार्यकर्ताहरु मात्रै सम्मिलित छानविन समिति बनाउँदा सत्यतथ्य बाहिर नआउने देखिएकाले तत्काल सम्बन्धित निकायहरु सम्मिलित विश्वसनीय उच्चस्तरीय छानविन समिति गठन गर्न' माग गरिएको छ ।

101703366_278341016882970-1591114568.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार