Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुटुको औषधि नपाएर महिलाको क्वारेन्टाइनमै मृत्यु

gfhgfhjfg-jpg_1200x900xt-1591150546.jpg

सांकेतिक तस्विर

२१ जेठ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका हरिश लुहार श्रीमती सुनिता र डेढ वर्षका छोरासहित भारतको पन्जाबबाट जेठ १६ मा गौरीफन्टा नाका हुँदै घर फर्किए ।
उनीहरू तीनै जनालाई आइतबारदेखि गाउँकै मालिका माविको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार साँझ २२ वर्षीया सुनिताले तीन पटक भित्र–बाहिर गरिन् । कोठामा आएर छट्पटाइन् । केहीबेरमै उनको ज्यान गयो ।
एक वर्षदेखि मुटुको बिरामी रहेकी उनको नियमित खाने औषधि सकिएको १२ दिन भएको थियो । काठमाडौंस्थित सहिद गंगालाल हृदय रोग केन्द्रका चिकित्सकको सिफारिसमा उनले औषधि खाँदै आएकी थिइन् । ‘भारतबाट काठमाडौंमै उपचार गराउने सोचेर फर्केका थियौं,’ हरिशले भने, ‘दिनको तीन पटक खाने औषधि १२ दिनअघि नै सकिएको थियो, औषधि नपाएरै ज्यान गयो ।’
उनका अनुसार सुनितालाई करिब एक वर्षअघि हिँड्दा श्वास फुल्ने समस्या देखियो । भारत उत्तराखण्डको पिथौरागढमा मजदुरी गर्ने हरिशले उपचारका लागि श्रीमतीलाई उतै लगे । त्यहाँका चिकित्सकले मुटुको भल्भमा समस्या भएको र शल्यक्रिया गर्नुपर्ने बताए । साढे ३ लाख भारतीय रुपैयाँ खर्च हुने बताइएपछि उनीहरू रकम अभावका कारण काठमाडौंतिर हानिए ।
गंगालाल अस्पतालमा दुई पटकसम्म उपचार गराउँदा चिकित्सकले रिपोर्ट सामान्य रहेको, तत्कालै शल्यक्रिया गर्नु नपर्ने भन्दै औषधि लेखेर पठाएका थिए । ‘तेस्रो पटक गंगालाल जानै पाइएन, सबथोक खत्तमै भइगयो,’ हरिशले भने । उनीहरू क्वारेन्टाइनमा बसेको तीन दिन मात्र भएको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडाध्यक्ष, जनप्रतिनिधि कोही पनि क्वारेन्टाइनमा नआएकाले औषधि सकिएको कुरा भन्न नपाएकोमा उनलाई पछुतो छ । फोन पनि बन्द भएकाले झन् समस्यामा परेको उनले दुखेसो पोखे ।
(कान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार