Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आन्दोलनका सबै मुद्दा फिर्ता हुन्छ, कसैले विरोध गरेर रोकिँदैन : गृहराज्यमन्त्री बानियाँ

FB_IMG_1491832179605-1495298164.jpg

६ जेठ, काठमाडौं । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले तराई/मधेश र थरुहट आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिने बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्मा बोल्दै मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो, हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको ईतिहाँस छ, त्यसैले सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित गर्नको लागि आवश्यकत्ताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन मोर्चाका माँग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’

मन्त्री बानियाँले मधेशी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनको लागि सरकार स्थानीय तहको संख्या थप्नपनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘तराई–मधेशपनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्ति ? हामी संख्या थप्न तयार छौं ।’

उनले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भयो भनेर प्रमुख प्रतिपक्षी दलले लगाएको आरोप मिथ्या र चर्चा कमाउनको लागि मात्रै भएको टिप्पणी गरे । उनले भने,‘एमालेले अहिलेमात्रै होईन, ०४८ सालदेखि नै धाँधलीको ढिंग पिटिरहेको छ, तर यो पटकको पहिलो चरणको निर्वाचनमा छिटपिट घट्नाबाहेक त्यस्तो केही भएको छैन, कस्तो निर्वाचन भयो भन्ने कुरा सारा जगतलाई थाहा छ, सबैभन्दा बढि मिडियाका साथीहरुलाई थाहा छ।’

मन्त्री बानियाँले ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको चुनाव राम्रो भन्ने एमालेले त्यसबाहेक भएका सबै चुनावलाई धाँधली देख्नुलाई नै उसको नियत कस्तो छ भन्ने कुरा पुष्टि हुने आरोप लगाए । उनले थपे,‘अहिले त एमालेले नै धेरै जितेको छ, ०५४ को चुनावको परिणाम हेर्नुहोस् ।’

उनले एमाले नेतृत्व नै गणतन्त्र र परिवर्तनका एजेण्डामाथि अनुदार रहेको आरोप लगाउँदै भने,‘एमाले अध्यक्ष केपी ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर चन्द्रमामा जानु हो भनेको कुरा सारा जगतलाई थाहा छ, यसले पनि के देखाउँछ भने ओली गणतन्त्र विरोधी हुन्।’

मन्त्री बानियाँले एमाले अध्यक्ष ओलीको यस्तो प्रवृत्ति देखेर नै प्रंचण्डले संविधान कार्यान्वयनको लागि पनि चुनाव आवश्यक छ भन्दै आफ्नो पार्टीसँग नाता जोडेको स्पष्ट पारे ।

उनले कांग्रेस र माओवादी केन्द्रको तालमेललाई लिएर एमालेले गरेको टिप्पणीपनि अशोभनीय भएको बताउँदै एमालेले राप्रपासँग गरेको तालमेल बरु शंकाको घेरामा रहेको आरोप लगाए । उनले भने,‘सक्रिय राजा चाहियो भन्ने राप्रपासँग एमालेले एकता गरेको छ, यो के हो ? सबैलाई यो कुरा राम्रोसँग थाहा छ।’ त्यस्तै उनले अब हुने दोस्रो चरणको निर्वाचन एमालेले नचाहेको समेत आरोप लगाए ।

यद्धपी उनले एमाले मुलुकको जिम्मेवार पार्टी भएकोले मुलुकको निकासको लागि जिम्मेवार बन्नुपर्ने धारणा राखे । बानियाँले थपे,‘मोर्चाका साथीहरुले पनि चुनावमा आउनुपर्छ, हामी तपाईहरुको लागि वातावरण बनाउने काममा लागेका छौं, स्थानीय तहको संख्या थप्छौं।’

उनले एमाले नेतृत्व अहिलेका उपलब्धि र व्यवस्था भत्काउनतिर लागेकोले दोस्रो चरणको निर्वाचनमा एमाले कहाँ पुग्छ भन्ने कुरा भोलिका दिनमा राम्रोसँग थाहा हुने टिप्पणी गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार