६ जेठ, काठमाडौं । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले तराई/मधेश र थरुहट आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिने बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्मा बोल्दै मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो, हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको ईतिहाँस छ, त्यसैले सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित गर्नको लागि आवश्यकत्ताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन मोर्चाका माँग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’
मन्त्री बानियाँले मधेशी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनको लागि सरकार स्थानीय तहको संख्या थप्नपनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘तराई–मधेशपनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्ति ? हामी संख्या थप्न तयार छौं ।’
उनले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भयो भनेर प्रमुख प्रतिपक्षी दलले लगाएको आरोप मिथ्या र चर्चा कमाउनको लागि मात्रै भएको टिप्पणी गरे । उनले भने,‘एमालेले अहिलेमात्रै होईन, ०४८ सालदेखि नै धाँधलीको ढिंग पिटिरहेको छ, तर यो पटकको पहिलो चरणको निर्वाचनमा छिटपिट घट्नाबाहेक त्यस्तो केही भएको छैन, कस्तो निर्वाचन भयो भन्ने कुरा सारा जगतलाई थाहा छ, सबैभन्दा बढि मिडियाका साथीहरुलाई थाहा छ।’
मन्त्री बानियाँले ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको चुनाव राम्रो भन्ने एमालेले त्यसबाहेक भएका सबै चुनावलाई धाँधली देख्नुलाई नै उसको नियत कस्तो छ भन्ने कुरा पुष्टि हुने आरोप लगाए । उनले थपे,‘अहिले त एमालेले नै धेरै जितेको छ, ०५४ को चुनावको परिणाम हेर्नुहोस् ।’
उनले एमाले नेतृत्व नै गणतन्त्र र परिवर्तनका एजेण्डामाथि अनुदार रहेको आरोप लगाउँदै भने,‘एमाले अध्यक्ष केपी ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर चन्द्रमामा जानु हो भनेको कुरा सारा जगतलाई थाहा छ, यसले पनि के देखाउँछ भने ओली गणतन्त्र विरोधी हुन्।’
मन्त्री बानियाँले एमाले अध्यक्ष ओलीको यस्तो प्रवृत्ति देखेर नै प्रंचण्डले संविधान कार्यान्वयनको लागि पनि चुनाव आवश्यक छ भन्दै आफ्नो पार्टीसँग नाता जोडेको स्पष्ट पारे ।
उनले कांग्रेस र माओवादी केन्द्रको तालमेललाई लिएर एमालेले गरेको टिप्पणीपनि अशोभनीय भएको बताउँदै एमालेले राप्रपासँग गरेको तालमेल बरु शंकाको घेरामा रहेको आरोप लगाए । उनले भने,‘सक्रिय राजा चाहियो भन्ने राप्रपासँग एमालेले एकता गरेको छ, यो के हो ? सबैलाई यो कुरा राम्रोसँग थाहा छ।’ त्यस्तै उनले अब हुने दोस्रो चरणको निर्वाचन एमालेले नचाहेको समेत आरोप लगाए ।
यद्धपी उनले एमाले मुलुकको जिम्मेवार पार्टी भएकोले मुलुकको निकासको लागि जिम्मेवार बन्नुपर्ने धारणा राखे । बानियाँले थपे,‘मोर्चाका साथीहरुले पनि चुनावमा आउनुपर्छ, हामी तपाईहरुको लागि वातावरण बनाउने काममा लागेका छौं, स्थानीय तहको संख्या थप्छौं।’
उनले एमाले नेतृत्व अहिलेका उपलब्धि र व्यवस्था भत्काउनतिर लागेकोले दोस्रो चरणको निर्वाचनमा एमाले कहाँ पुग्छ भन्ने कुरा भोलिका दिनमा राम्रोसँग थाहा हुने टिप्पणी गरे ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







