७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा आइतबार हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आइतबार दिउँसो उपमहानगरपालिकाको १२ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अगाडि लागेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार आनन्दराम पराजुलीले १४ हजार ७ सय १९ मत ल्याएर अघि लागेका छन् । पराजुलीलाई पछ्याईरहेका नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरि बहादुर महतले १४ हजार ४ सय ८८ मत ल्याएका छन् । शनिबार महत दिनभर अघि रहेका थिए भने आइतबार पराजुली अघि लागेका छन् । राप्रपाका तर्फबाट मेयरका उमेदवार मधु अधिकारीले ४५ सय ९७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मिना अगाडि छिन् । मतगणना शुरु भएदेखि अग्रता लिईरहेकी उनले यसलाई निरन्तरता दिईरहेकी छिन् । आइतबार दिउसोसम्ममा उनले १४ हजार ५ सय ९ मत प्राप्त गरेकी छिन् भने प्रतिष्पर्धी माओवादी केन्द्रका बलराम बलले १० हजार ८ सय ३० मत प्राप्त गरेका छन् । राप्रपाका तर्फबाट उपमेयरका उम्मेदवार ईन्दिरा न्यौपानेले ५ हजार २ सय ७७ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म हेटौँडा वडा नम्बर १, २, ३, ४, ५, ६, १५, १६, १७, १८, १९ नम्बरको मतगणना भईसकेको छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







