File Photo
३० जेठ, काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कामलाई लिएर व्यापक आलोचना हुन थालेपछि त्यसलाई थप प्रभावकारी बनाउन सरकारले सञ्चालन समितिमा तीन मन्त्रीलाई थप गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अहिले सात मन्त्रालयका ६ मन्त्री रहेको उक्त सञ्चालन समितिमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई थप गर्ने निर्णय गरेको हो ।
सीसीएमसीले क्वारेन्टाइन व्यवस्थापन, विदेशबाट आउने नागरिकहरूलाई हवाई व्यवस्थापन, मुलुकका विभिन्न क्षेत्रमा कृषिजन्य वस्तुको बिक्रीवितरण लगायतको समन्वयमा कमजोरी गर्दा सरकारको आलोचना भइरहेको छ । त्यसकारण यी क्षेत्रसँग सरोकार राख्ने मन्त्रालयका मन्त्रीहरूलाई पनि सीसीएसमी सञ्चालक समितिमा राखिएको एक मन्त्रीले बताए ।
अहिले उक्त समितिको संयोजकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् भने अन्य सदस्यहरूमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भरू र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल छन् । यसबाहेक प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसमेत समितिमा छन् । तीन मन्त्री थपिएसँगै अब उक्त समितिमा मन्त्रीको संख्या ९ पुगेको छ ।
भट्टराई र भुसाल भने उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यसमेत हुन् । उक्त समितिमा बस्दा भट्टराईले क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी भूमिका निर्वाह गरेका थिए । कोरोना भाइरस संक्रमणको सुरुआती दिनमा भट्टराई नेतृत्वमा क्वारेन्टाइन व्यवस्थापन भए पनि पछिल्लो समय सीसीएमसीले उक्त काम गर्न थालेको छ । मन्त्री भुसाल र भट्टराईले उस्तै काम गर्ने धेरैवटा संरचना बनाउन नहुने भन्दै मन्त्रिपरिषद्मै पटक–पटक कुरा उठाएका पनि थिए ।
(कान्तिपुरबाट)
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















