१० जेठ हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ३ जना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए ।
पत्रकार सविन न्यौपाने हेटौंडा-१ को वडा अध्यक्ष, नवीन सिग्देल हेटौंडा-४ को वडा अध्यक्षमा र देवराज रिमाल हेटौंडा-७ को वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा होमिएका नेपाली कांग्रेसबाट १, एमालेका तर्फबाट ३, र नेकपा माओवादी केन्द्रबाट १ मध्ये एमालेका कुमार नेगी थाहा-३ को वडा अध्यक्षमा र सन्तोष न्यौपाने हेटौंडा-१० को वडा अध्यक्षमा सन्तोष न्यौपाने पराजित भएका छन् ।
युवा पुस्ताका पत्रकार सविन न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टस क्लव मकवानपुरका अध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न संघसंस्थामा सक्रिय युवा हुन् । उनलाई कांग्रेस हेटौँडा १ नम्बर इकाई समितिले सर्वसम्मत उम्मेदवारको रुपमा पार्टीमा सिफारिस गरेको थियो । साझाकुरा राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक समेत हुन् ।
एमालेका नविन सिग्देल, देवराज रिमाल र कुमार नेगी उम्मेदवार बन्ने भएका छन् । हेटौंडा टुडेका सम्पादक रहेका सिग्देल बौद्धिक एवं व्यवसायिक समूहको बाक्लो बसोबास रहेको नगरकै ठूलो वडा हेटौँडा–४ को अध्यक्षका उम्मेदवार बन्ने भएका छन् । एमाले जिल्ला कमिटि सदस्य, आर्थिक विभाग प्रमुख र ३ नम्बर क्षेत्रका सहसंयोजक रहेका सिग्देल अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, मकवानपुरका क्याम्पसका पुर्व स्ववियु सभापति, क्याम्पसमा अध्यापनमा समेत सक्रिय छन् ।
एमालेबाटै हेटौँडा–७ को सदस्य उम्मेदवारको रुपमा देवराज रिमाल पनि चुनावी अभियानमा सक्रिय छन् । थाहा सन्देशमा आवद्ध रिमाल अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला किमिटका पूर्व सचिवालय सदस्य हुन् । २०३९ सालमा भुटनदेवी माविमा स्ववियु सदस्यबाट राजनीतिमा होमिएका थिए ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

