Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेता बानियाँले भने–'एक दुई तीन यो बजेेट हावादारी हो'

20200616_201431-1592318300.jpg

२ असार, हेटौंडा । वागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि प्रदेश सभामा मंगलबारबाट सैद्धान्तिक छलफल शुरु भएको छ ।

छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त वागमती प्रदेश सरकारले ल्याएको बजेटलाई कपोलकल्पित र हावादारीको संज्ञा दिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले चालु आर्थिक बर्षमा बजेट खर्च नसकेको सरकारले ५१ अर्बको बजेट ल्याएको भन्दै यसलाई हावादारीको संज्ञा दिएका हुन् ।

उनले कोरोनाबाट थला परेको अर्थतन्त्र उकास्ने कुरा बजेटले सम्बोधन नगरेकोले राजस्व संकलन हुने अवस्था नरहेको भन्दै बजेटको चर्को आलोचना गरे । ‘तथ्य, यथार्थ र आर्थिक अनुशासनमा बजेट आएको छैन, यो बजेट प्रदेशका जनताको हितमा पनि छैन, त्यसैले यो बजेट एक दुई तीन हावादारी हो ।’ उनले बजेटले व्यवसायी, उद्योगी र पर्यटन, यातायात क्षेत्रलाई कुनै राहतको कुरा नगरेको तर कर उठाउने मात्रै कुरा गरेको भन्दै यसले सरकारको लक्ष्य अनुसार राजस्व संकलन नहुने निश्चित रहेको बताए । 

छलफलमा नेकपा सांसदहरु केशव स्थापित, राजेन्द्र पाण्डे लगायतले बजेटका राखिएका उद्देश्य सकारात्मक भए पनि कतिपय कुराहरुमा बजेटले ध्यान दिन नसकेको बताए । विवेकशील नेपाली दलका सांसद रमेश पौड्यालले प्रदेश सरकारले विगतमा गरेका प्रतिवद्धता अनुसार काम भए नभएको समिक्षा समेत नगरेको भन्दै बजेटको आलोचना गरे ।

यसअघि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेटले सबै क्षेत्र समेट्न खोजेको भन्दै सकारात्मक सुझावको अपेक्षा गरेको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार