१० जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत विजयी भएका छन् ।
मतगणना शुरू भएको दशौं दिन बुधबार दिउँसो प्राप्त परिणाम अनुसार महतले २३ हजार १ सय २४ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अानन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकै मिना लामा विजयी भएकी छिन् । लामाले २३ हजार ४ सय ३० मत प्राप्त गरेकी छिन् भने प्रतिष्पर्धी माअोवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत प्राप्त गरेका छन् । ८३ हजार ५ सय ९७ मतदाता रहेको हेटौंडा उपमहानगरपालिकामा ६२ हजार २ सय ५ मत खसेको थियो ।
हेटौंडाको १९ वडामध्ये एमालेले १२, कांग्रेसले ५ र माअोवादीले २ वडामा विजय हासिल गरेको छ ।
को हुन् महत?
२०१६।१२।२० मा बुबा रमेशबहादुर महत र अामा पदमकुमारी महतको माईलो छोराको रूपमा जन्मिएका हुन्ने । नेकपा मालेबाट पार्टी राजनीति शुरू गरेका महत २०४३ सालमा पहिलो पटक जनप्रतिनिधि बनेका थिए । उनी पहिलो पटक हेटौंडा-५ को वडाध्यक्ष थिए । २०४३ सालमा हेटौंडा नगरपालिकाको उपमेयर बनेका उनी दोस्राे पटक २०४९ सालमा पुनः उपमेयर मेयर भएका थिए ।२०६६ सालमा खेलकुद विकास समितिको अध्यक्ष पनि भएका थिए ।
माले र एमाले एकीकरण भएपछि २०४७ सालमा एमाले जिल्ला सदस्य भएका थिए । हाल जिल्ला सचिवालय सदस्य रहेका महत ३ नम्बर क्षेत्रीय ईन्चार्ज समेत छन् । उनका २ छोरा, २ छोरी छन् ।
को हुन् लामा ?
२०३३।९।२७ मा बाबु शुक्रबीर लामा र अामा सितादेवी लामाको चौथो सन्तानको रूपमा जन्म लिएकी लामाले २०४६ सालमा अनेरास्ववियुबाट राजनीति यात्रा शुरू गरेकी थिईन् ।
अखिल नेपाल महिला संघको जिल्ला सचिव भईसकेकी लामा लोकतान्त्रिक अादीबासी जनजाति महासंघको केन्द्रीय सदस्य र जनजाति महासंघको जिल्ला अध्यक्ष पनि भईसकेकी छिन् । अहिले उनी एमाले जिल्ला उपसचिव रहेकी छिन् ।
हेटौंडा-१ निवासी सुनबहादुर लामासंग वैवाहिक जीवनमा बाँधिएकी उनका १ छोरा र १ छोरी छिन् ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

