१० जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत विजयी भएका छन् ।
मतगणना शुरू भएको दशौं दिन बुधबार दिउँसो प्राप्त परिणाम अनुसार महतले २३ हजार १ सय २४ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अानन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकै मिना लामा विजयी भएकी छिन् । लामाले २३ हजार ४ सय ३० मत प्राप्त गरेकी छिन् भने प्रतिष्पर्धी माअोवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत प्राप्त गरेका छन् । ८३ हजार ५ सय ९७ मतदाता रहेको हेटौंडा उपमहानगरपालिकामा ६२ हजार २ सय ५ मत खसेको थियो ।
हेटौंडाको १९ वडामध्ये एमालेले १२, कांग्रेसले ५ र माअोवादीले २ वडामा विजय हासिल गरेको छ ।
को हुन् महत?
२०१६।१२।२० मा बुबा रमेशबहादुर महत र अामा पदमकुमारी महतको माईलो छोराको रूपमा जन्मिएका हुन्ने । नेकपा मालेबाट पार्टी राजनीति शुरू गरेका महत २०४३ सालमा पहिलो पटक जनप्रतिनिधि बनेका थिए । उनी पहिलो पटक हेटौंडा-५ को वडाध्यक्ष थिए । २०४३ सालमा हेटौंडा नगरपालिकाको उपमेयर बनेका उनी दोस्राे पटक २०४९ सालमा पुनः उपमेयर मेयर भएका थिए ।२०६६ सालमा खेलकुद विकास समितिको अध्यक्ष पनि भएका थिए ।
माले र एमाले एकीकरण भएपछि २०४७ सालमा एमाले जिल्ला सदस्य भएका थिए । हाल जिल्ला सचिवालय सदस्य रहेका महत ३ नम्बर क्षेत्रीय ईन्चार्ज समेत छन् । उनका २ छोरा, २ छोरी छन् ।
को हुन् लामा ?
२०३३।९।२७ मा बाबु शुक्रबीर लामा र अामा सितादेवी लामाको चौथो सन्तानको रूपमा जन्म लिएकी लामाले २०४६ सालमा अनेरास्ववियुबाट राजनीति यात्रा शुरू गरेकी थिईन् ।
अखिल नेपाल महिला संघको जिल्ला सचिव भईसकेकी लामा लोकतान्त्रिक अादीबासी जनजाति महासंघको केन्द्रीय सदस्य र जनजाति महासंघको जिल्ला अध्यक्ष पनि भईसकेकी छिन् । अहिले उनी एमाले जिल्ला उपसचिव रहेकी छिन् ।
हेटौंडा-१ निवासी सुनबहादुर लामासंग वैवाहिक जीवनमा बाँधिएकी उनका १ छोरा र १ छोरी छिन् ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







