Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रातो किताब हात नपरेपछि सांसदहरु आक्रोशित

Samsad11-1592383164.jpg

३ असार, हेटौंडा । बागमती प्रदेशसभामा विनियोजन विधेयक २०७७ टेबुल भएपनि सांसदहरुले नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक संसदमा टेबुल गरेपनि सांसदहरुको हात नपरेको हो । 
सांसदहरुले विधेयक लिन संसद अगाडि कुर्नु परेको भन्दै गुनासो गरेका छन् । ‘संसदमा टेबुल भएको विधेयक कहिले हात पर्छ ठेगान नहुनु गैरजिम्मेवारीपन हो ।’–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भडेलले भने । ‘रातो किताब’ को रुपमा चिनिने विनियोजन विधेयकमा मन्त्रालयगत रुपमा बजेट बाँडफाँड हुने गरेकोले यसको महत्व बेग्लै हुने उनको भनाई छ । संसद बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । ‘अब जिल्ला जाँदा कुन कुन योजना पर्यो भनेर जनताले सोध्दा के जवाफ दिने ?’–उनले भने । 
अधिकांश सांसद विनियोजन विधेयकको प्रति हात नपर्दा संसदमा कुरेर बसेका छन् । संसद स्रोतका अनुसार विनियोजन विधेयकको पुस्तक बुधबार साँझ मात्रै आउने छ । मुद्रणका क्रममा रहेकाले पुस्तक सांसदहरुलाई उपलव्ध गराउन ढिलाई भएको स्रोतको भनाई छ । सरकारी पक्षको गैरजिम्मेवार व्यवस्थापकीय कमजोरीका कारण यस्तो समस्या आएको भन्दै सांसदहरुको आक्रोश छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार