Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आर्थिक मन्त्रीले ढाँटे, सभामुखले विश्वास गुमाए, बजेट पास हुन दिन्नौं : बानियाँ

Indra-Baniya-1592398901.jpg

३ असार, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको बताएका छन् ।
संचारकर्मीहरुसंगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको बताएका हुन् । बुधबारको संसद बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक २०७७ प्रस्तुत गरेपनि सांसदहरुको हातमा नपरेको भन्दै उनले आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले झुठो बोलेर संसदको गरिमा घटाएको बताए । 
संसदमा टेबुल भएको विधेयक सांसदहरुको हातमा नपर्दा सांसदहरु आक्रोशित र निरास भएको भन्दै उनले यस्तो प्रवृत्तिले बजेट पारित हुन नसक्ने चेतावनी दिए । ‘विनियोजन विधेयकमा मन्त्रालयगत रुपमा योजनाहरुको बाँडफाड रहेको हुन्छ, त्यो पुस्तक सांसदहरुले पाएनन् ।’–उनले प्रश्न गरे–‘किताव छापिएको छ भनेर सम्मानित संसदलाई ढाँट्ने आर्थिक मामिला मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने ?’ उनले नेपाली कांग्रेस मात्रै नभई सत्तापक्षकै सांसदहरु समेत आक्रोशित भएको बताए । 
नेता बानियाँले सभामुख सानुकुमार श्रेष्ठले समेत विश्वास गुमाएको प्रतिक्रिया दिएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले रातो किताव भनेर चिनिने विनियोजन विधेयकको पुस्तक आईसकेको जानकारी दिएपनि टेबलु भएपछि सांसदहरुले प्राप्त गर्न नसकेको बानियाँको भनाई छ । यसले सभामुखप्रतिको विश्वास समेत गुमेको उनको भनाई छ । ‘सभामुख पनि सरकारसंगै मिल्नु भयो भन्ने सांसदहरुको गुनासो छ ।’–उनले भने–‘आजको व्यवहारले झन यसलाई पुष्टि गरेको छ ।’
अधिकांश सांसदले सरकार र सभामुखको मिलेमतोमा ‘रातो किताव’ लुकाईएको आरोप लगाएका छन् । पुस्तक अध्ययन विना संसद बैठक अघि बढ्न नसक्ने भएपछि सभामुख श्रेष्ठले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । संसद सचिवालय स्रोतका अनुसार किताव २ दिनपछि मात्रै आउने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार