Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

Saphat1-1495789279.jpg

१२ जेठ, हेटौँडा । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधिले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।
जनप्रतिनिधिहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिनाकुमारी लामासहित १९ वडाका अध्यक्षहरुलाई सपथग्रहण गराएका छन् । अधिकृतले उपमहानगरपालिकामा निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । यसैगरी, हेटौँडा उपमहानगरपालिकामा निर्वाचित सदस्यहरुलाई नवनिर्वाचित मेयर हरिबहादुर महतले सपथग्रहण गराएका थिए ।

सपथग्रहण पछि मेयर महत, उपमेयर लामासहित विभिन्न वडाका अध्यक्षहरुले आफ्नो कार्यालयमा गएर पदभार ग्रहण समेत गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ वडामध्ये १२ वडामा एमाले, ५ वडामा कांग्रेस र २ वडामा माओवादी केन्द्रका अध्यक्षहरु विजयी भएका थिए । कार्यक्रममा सभासद्हरु अनन्त पौडेल, राजाराम स्यांतान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समृद्ध हेटौँडा बनाउने महतको उद्घोष
हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले समृृद्ध हेटौँडा बनाउने उद्घोष गरेका छन् । उनले विगतमा गरेका कामका कारण देशकै नमूना नगरको रुपमा हेटौँडा परिचित रहेको भन्दै यसलाई थप व्यवस्थित गर्दै समृद्ध हेटौँडाको अवधारणा अघि सारिने बताए । सपथग्रहणपछि बोल्दै महतले बासुदेव सभागृहको पूर्णता, पर्यटकिय क्षेत्रको विकास, घण्टाघर निर्माण, मेडिकल कलेजको स्थापना, हेटौँडा अस्पतालको स्तारोन्नति, सुरुङ मार्ग निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउने र विकासमा दुर्गम बस्तिलाई प्राथमिकता दिने जस्ता योजना रहेको बताए ।

SS_Mayar-Upmayar-1495797785.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार