Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसदलाई 'रातो किताब' नदिई वडा अध्यक्षलाई योजनाको लिष्ट पठाउने मन्त्रीले जवाफ दिनुपर्छ : लामा

FB_IMG_1592539891316-1592540232.jpg

५ असार, हेटौंडा । बागमती प्रदेश सभामा टेबुल भएको विनियोजन विधेयक (रातो किताब) सांसदहरूले नपाएर खैलाबैला भईरहदा नेकपा निकट वडा अध्यक्षहरूले योजना सार्वजनिक गरेका छन् । 
रातो किताब भनेर चिनिने मन्त्रालयगत योजना बाँडफाँड हुने विनियोजन विधेयकको पुस्तिका संसद टेबुल भएको तेस्रो दिनसम्म सांसदहरूले हात पारेका छैनन् । 'तर सांसदहरूले समेत नपाएको किताबमा परेको योजनाको लिष्ट नेकपा निकट वडा अध्यक्षहरूले फेसबुकमा सार्वजनिक गरिरहेका छन् ।'- सिन्धुपाल्चोकका सांसद निमा लामाले भने । 
आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले सांसदहरूलाई उपलब्ध गराउन नसकेको र सांसदहरूले छलफल नै गर्न नपाएको योजनाको फेहरिस्त वडा अध्यक्षसम्म पुग्नु चरम लापरबाही भएको उनको भनाइ छ । उनले वर्तमान सरकारले संसदलाई छलेर कार्यकर्तालाई योजनाको लिष्ट पठाउन तल्लीन हुनुले बजेटमा अपारदर्शीता प्रष्ट भएको बताए । 
'वडा अध्यक्षहरूले योजनाको लिष्ट फेसबुकमा हालेर मन्त्रीलाई बधाई दिनुले बजेटको गोपनीयता र पारदर्शितामा प्रश्न उठेको छ ।'-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका सचिव समेत रहेका लामाले भने-'संसदको गरिमा घटाउने र राजनीतिकरण गर्ने मन्त्रीको नैतिकतामा प्रश्न उठेको छ, उहाँले जवाफ दिनुपर्छ, कांग्रेस कडा रूपमा संसदमा प्रस्तुत हुन्छ ।'

FB_IMG_1592539878127-1592540328.jpg

वडा अध्यक्षले सार्वजनिक गरेको एउटा लिष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार