५ असार,हेटौँडा ।जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६३ औं बोर्ड बैठक बिहीबार सम्पन्न भएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बोर्डको ६३ औं बैठक बसेको हो ।
बैठकमा कोभिड–१९ का सन्दर्भमा जिससबाट भएगरेका कामका बारेमा समिक्षा गर्नुका साथै अन्य विभिन्न निर्णय गरेको छ । बैठकमा जिसस प्रमुख खुलालले कोभिड–१९ का सन्र्दभमा जिससले संचालन गरेको होल्डिङ स्टेसनका बारेमा जानकारी दिनुभएको थियो । स्थानिय तह तथा विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा जिससले व्यवस्थापन गर्ने गरि होल्डिङ स्टेसन संचालन भएको उहाँले जानकारी दिनुभयो ।साथै हालसम्म होल्डिङ स्टेसनमा बाहिरबाट जिल्लाका विभिन्न स्थानिय तहमा आएका नागरिकहरुहरुलाई सेवा प्रदान गरिएको जानकारी दिनुभएको थियो । हालसम्म कुवेत र ओमानवाट आएका तीन लटका नागरिकलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । यसका साथै बैठकले जिससका सम्पुर्ण पदाधिकारी एवम् कर्मचारीलगायत सबैको कोभिड बीमा गर्ने निर्णय समेत गरेको प्रमुख खुलालले जानकारी दिएका छन ।
यसका साथै बैठकले मौजदात कोषको रकमबाट मनहरी गाउँपालिकाको विभिन्न वडा कार्यालय भवन निर्माणका लागि रकम प्रदान गर्ने निर्णय गरिएको छ ।बैठकले जिससकोमौजदात कोषबाट गाउँपालिकाको ५ वटा वडाकार्यालयको प्रशासनिक भवन निर्माणका लागि एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै स्थानिय तहहरुको नदिजन्य पदार्थको वातावरणिय प्रभाव परिक्षण पुनरावलोकन तथा सिफारीस समिति गठन गरेको छ ।जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरलेको संयोजकत्वमा रहने गरि ७ सदस्य समिति गठन गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो । त्यस्तै बैठकले जिल्ला स्थित स्थानिय तहहरुलाई आगामी वर्षको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा ध्यान दिने विषयहरुका बारेमा सुझाव दिने निर्णय गरेको छ ।बैठकले आगामी वर्षको बजेट निर्माण गर्दा कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । उहाँले आगामी वर्षको बजेटमा विकास निर्माणसंगै रोजगार, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, बालवालीकाको क्षेत्रलाई ध्यान दिएर निर्माण गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिनुभयो ।उहाँले बजेटमा सहयोगापेक्षि सडक मानव मुक्तका लागि, स्थानिय तह शहिद स्मृती राष्ट्रिय फुटबल प्रतियोगिताका लागि, बालमैत्री स्थािनयतह निर्माणकालागि बजेटको व्यवस्था गर्न सुझाव दिने निर्णय गर्नूका साथै सुचना तथा संचारको क्षेत्रमा सामुदायिक रेडियोसंग साझेदारी गर्न सुझाव दिने समेत निर्णय गरेकोे बताए। त्यसैगरी बैठकले गैरसरकारी संस्थाहरुको समन्वय एवम् नियमनका लागि आगामी बैठकमा पेश गर्ने गरि कार्यविधि तयार पार्ने निर्णय गर्नुका साथै थाहा नगरपालिकाको जनकल्यान माविको ठेक्का अवधिका बारेमा निर्णय गरेको छ ।बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत जिससका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती थियो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...

















