Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राक्सिराङका ११० चेपाङ तथा विपन्न परिवारलाई हिमाल मुटु नेपालको खाद्यान्न सहयोग

20200620_171658-1592652765.jpg

६ असार,हेटौँडा। हिमाल मुटु नेपाल काठमाडौंले मकवापुरको विकट क्षेत्र राक्सीराङ गाउँपालिका वडा नम्बर ३ का ११० चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न  सहयोग गरेको छ ।

राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता,नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशिष्ठ आतिथ्यतामा राक्सीराङ गाउँपालिका वडा नम्बर ३ अन्तर्गतका पलाँसे, सिउरानी, गाउँवारी, सानोदेवकोट, आलखोप, सरकारीडाँडा, केराबारी टोलका १ सय १० चेपाङ, तामाङ तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।संस्था तथा  नेता बानियाँको सहयोगमा ११० प्रतिपरिवारलाइ २५ किलो चामल, २ लिटर खानेतेल,दाल, नुन, मस्यौरालगायतका खाद्य सामाग्रीहरु वितरण गरिएको हो।कोरोनाको महामारीका कारण सरकारले गरेको लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस1 क्षेत्रका चेपाङ तथा विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरूमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने सिद्धस्थली रुरल कम्युनिटी हस्पिटलका अध्यक्ष डा. अवनकृष्ण गौतमले बताए। 

खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा राक्सीराङ गाउँपालिकाका उपाध्यक्ष निर्मला हिमडुङ, कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा,बागमती  प्रदेशसभा सदस्य सन्तराम चेपाङ, कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली,हिमाल मुटु नेपालकी उपाध्यक्ष डा. रिया शर्मा,कम्युनिटी हस्पिटलकी सदस्य डा. कन्चन दाहाल, गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज आचार्य, समाजसेवीहरु प्रकाश बर्तोला, सन्तोष थापामगर, प्रकाश रंगाली, मिलन पुडासैनी, राक्सीराङ प्रहरी चौकीका प्रहरी ईन्चार्ज जलेन्दर राय कुशवाहलगायतको उपस्थिति रहेको थियो ।संस्थाले यसअघि हेटौंडा उपमहानगरपालिकाको ६ वटा वडाहरुमा लकडाउनमा दैनिक ज्यालादारी गर्ने विपन्न  परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार