७ असार, हेटौँडा । हावा चल्दा र सामान्य पानी पर्दा र विद्युट कटौति हुने हेटौँडामा हिजोआज हावा नचल्दा र पानी नपर्दा समेत विद्युत कटौती हुने गरेको छ । प्रायदैनिक जसो दिनमा ८/१० पटक लाइन जानेगरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा र नेपाल विद्युत प्राधिकरणको ब्याकअपको रुपमा रहको कुलेखानी जलविद्युत आयोजना हुँदा समेत हेटौँडामा अघोषित लोडसेडिङ हुँदा नागरिक मारमा परेका छन् ।
केही दिनदेखि दैनिक रुपमा १० देखी १५ पटकसम्म लाईन जाने गरेको र लाइन गएपछि आधा देखी १ घण्टासम्म विद्युत नआउने हेटौँडा-१७ चुच्चेखोलाका उदय विडारीले बताए ।बिद्युत कटौती भइरहदा कुटानीपिसानी मिल, दुग्ध उद्योग, विद्युतीय उपकरण प्रयोग हुने व्यापार व्यवसायदेखि घरायसी कामकाजमा समेत समस्या भइरहेको उनको भनाइ छ । लाईन किन गयो भनेर प्युज शाखामा फोन गर्यो न फोन लाग्छ, न समयमा मर्मत हुने स्थानीयले गुनासो गरेका छन् । बिशेषगरी,वशंंगोपाल,चौघडा र ग्रामिण चौघडा फिडरमा प्रायःजसो दिउँसो र साँझमा गरेर दर्जनौँ पटक विद्युत कटौैति हुन्छ ।
के हेटौँडामा अघोषित लोडसेडिङ भएको हो भन्ने प्रश्नमा नेपाल विद्युत प्राधिकारण हेटौँडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुर दर्जनौँ पटक विद्युत कटौैति भएको स्वीकार्दै प्राविधिक समस्या र हावाहुरीले यस्तो हुने गरेको बताए ।केहि दिन अघि हेटौँडासहित जिल्लाभर जथाभावी विद्युत कटौति हुन थालेपछि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरले हेटौंडामा भैरहेको बिद्युत आपूर्तिको समस्या समाधानको माग गर्दै ठाकुरलाई ज्ञापनपत्र समेत बुझाएको थियो । तर समस्या २० को १९ नभएको स्थानीयले गुनासो गरेका छन् ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

