१३ जेठ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा सञ्चालित ५० दिने ढुङ्गे डकर्मी तालिमको अनुगमन गरिएको छ । हेल्भेटास/सोडेक प्रालि सर्लाही र आवास, पुर्ननिर्माण तथा पुर्नलाभ मञ्च, मकवानपुरले संयुक्त रुपमा अनुगमन गरेको हो ।
अनुगमन टोलीले बकैया गाउँपालिका ६ श्रीपुर र बकैया–८ स्कुलदमारमा निर्माण भईरहेको घरको अनुगमन तथा छलफल गरिएको थियो भने बकैया–४ अजिंगरे र माझीखोलामा निर्माण भएको घरको अनुगमन गरिएको थियो । ५० दिने तालिमकै क्रममा एउटा १० जनाको समूहले २ वटा घर निर्माण गर्ने गर्दछन् ।
कार्यक्रममा पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय, मकवानपुरका प्रमुख पुष्पराज अधिकारी, भुकम्पीय आवास तथा पुर्ननिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका अनुगमन तथा मुल्याकंन बिशेषज्ञ बिबेक गौतम, आवास, पुर्ननिर्माण तथा पुर्नलाभ मञ्च, मकवानपुरका संयोजक रामहरी अधिकारीको सहभागी थिए ।
त्यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्मा, सोडेक प्रालिका प्रबन्ध निर्देशक ललन चौधरी, रिसु श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।
पुर्ननिर्माण सीप कार्यक्रम अन्तरगत मकवानपुरको साविकको २४ गाबिसका १ हजार ४ सय जनालाई ५० दिने डकर्मी तालिम दिने लक्ष्य हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको छ । जसमध्ये ३० प्रतिशत अर्थात् ४ सय २० महिला अनिबार्य सहभागी गराउने सर्त राखिएको छ ।
हालसम्म सम्पन्न भएको डकर्मी तालिममा ३ सय ६० जनामध्ये १ सय १९ जना महिला सहभागी भईसकेको हेल्भटासका क्लष्टर संयोजक सुकबहादुर चौधरीले जानकारी दिए । ६ सय २० जना सहभागी सञ्चालन भईरहेको तालिममा १ सय ८० जना महिला छन् ।
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...
१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...
२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

















