सुनिल शिवाकोटी
९ असार, हेटौंडा । रोजगारीको लागि युवाशक्ती विदेशिएको समयमा हेटौँडा-६ का ५ जना युवाहरु यतिबेला स्वदेशमै कृषि कर्मबाटै स्वरोजगार हुर्नुपर्छ भन्ने अठोटका साथ तरकारी व्यवसायिक कृषि पेशातर्फ आकर्षित भएका छन् ।
कृषि उत्पादनले पर्याप्त बजार पाउन थालेसँगै हेटौँडा-६ चौघडा, शान्टिोलमा ५ जना युवाहरुले कृषि फर्म नै दर्ता गरी व्यवसायिक कृषि पेशातर्फ आकर्षित भएका हुन् । करिब ६ महिना अगाडी ३५ लाख खर्चेर रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर नामक कम्पनी दर्ता गरी कृषि व्यवसाय शुरू गरेका उनीहरुले आम्दानी समेत गर्न थालिसकेका छन् ।
१५ कठ्ठा क्षेत्रफलमा फैलिएको कृषि फर्ममा लहरे तरकारी वाली, तितेकरेला, लौका, बोडी लगायतका मौसमी र बेमौसमी सिजनका तरकारी बाली, १२ सय लोकल कुखुरा, २ वटा पोखरीमा विभिन्न प्रजातिका ५ हजार माछा रहेको रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टरका अध्यक्ष भरत सापकोटाले जानकारी दिए ।
विषादी प्रयोग भएका उत्पादन भन्दा विषादीरहित उत्पादन उपभोक्ताले रुचाउने भएकाले मौसमी तथा बेमौसमी तरकारी खेतीसँगै केहि नयाँ प्रजातिका माछा, टर्की, लोकल र बोइलर कुखुरा र बाख्रा पालन गर्न तयारी रहेको बताए । 'आगामी बर्ष देखि वायो फ्लक प्रविधि मार्फत माछा पालन र तालिम सञ्चालन गर्ने योजनामा छौँ ।'-सापकोटाले भने ।युवाशक्ति बिदेशिने क्रम बढिरहेको बेला, मलेसियाबाट फर्किएका उत्तम ढकाल फर्ममै आफ्नो भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरिरहेका छन् । 'मेहनत गरे आफ्नै ठाउँमा मनग्य कमाइ गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।'-उनले भने ।
यहाँ उत्पादीत गरेका तरकारी, कुखुरा,माछा जिल्लाका विभिन्न ठाँउमा पुग्ने गरेकोले तरकारी खेतीलाई व्यवसायिक बनाउन पानी, रोग किरा कम लाग्ने, मल्चीङ्ग प्रबिधिबाट तरकारी खेती गर्ने तयारीमा रहेको ढकालले भने । हेटौँडा वडा नम्बर –६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई शिक्षित ५ जना युवाहरुको समुहले मिलेर शुरु गरेको कृषि व्यवसायीले कृषि पेशाबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताए ।
वडाध्यक्ष चौलागाईले युवा पुस्ता कृषि पेशामा लाग्नु उदाहरणीय कार्य भएको भन्दै उनले संलग्न युवालाई सहयोग गर्ने बताए ।
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...











-nepal-1793842721.jpg)





