१५ जेठ, हेटौँडा । दशौं गणतन्त्र दिवस सोमबार देशभर मनाईदैछ । गणतन्त्र दिवसको अवसमा मकवानपुरसहित देशभर विभिन्न कार्यक्रम भईरहेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री एवम् उपराष्ट्रपतिले देशबारीलाई शुभकामना सन्देश दिएका छन् ।
दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छिन् । शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको स्थापनाका लागि पटक-पटक भएका आन्दोलन तथा विभिन्न आरोहरअवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको बताएकी छिन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुद र संस्थागत गर्न मद्धत पुर्याएको तथा अब हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस अवसरमा गणतन्त्र स्थापनामा योगदान पुर्याउने जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जलि अर्पण गरेका छन् । दाहालले संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलुकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताएका छन् ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







