१५ जेठ, हेटौँडा । दशौं गणतन्त्र दिवस सोमबार देशभर मनाईदैछ । गणतन्त्र दिवसको अवसमा मकवानपुरसहित देशभर विभिन्न कार्यक्रम भईरहेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री एवम् उपराष्ट्रपतिले देशबारीलाई शुभकामना सन्देश दिएका छन् ।
दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छिन् । शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको स्थापनाका लागि पटक-पटक भएका आन्दोलन तथा विभिन्न आरोहरअवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको बताएकी छिन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुद र संस्थागत गर्न मद्धत पुर्याएको तथा अब हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस अवसरमा गणतन्त्र स्थापनामा योगदान पुर्याउने जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जलि अर्पण गरेका छन् । दाहालले संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलुकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताएका छन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)