Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मतदाता शिक्षा प्रभावकारी नहुँदा बढि मत बदर

Namuna-Matpatra-1496040375.png

१५ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा मत बढि बदर भएको पाईएको छ ।
मतदाता शिक्षा निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढंगबाट मतदाता शिक्षा नदिंदा बदर मत बढेको पाईएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाहरुले पोष्टर टाँस्ने काम मात्रै गरेको मतदाताहरुको भनाई छ । यसले गर्दा धेरैले मतदान गर्ने तरिका र बदर हुने अवस्थाबारे जानकारी नभएको हेटौँडा–६ का गौरव पराजुलीले बताए । 
गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखको मत पत्र एउटा र वडाको मतपत्र अर्को बनाउन सकेपनि बदर मत घट्ने शिक्षक भरत सापकोटाको भनाई छ । ६२ हजार ८० मत खसेको हेटौँडा उपमहानगरपालिकामा मेयरमा ७ हजार ५ सय ८२ र उपमेयरमा ११ हजार ९ सय ९५ मत बदर भएको छ । वडा तहमा पनि ४० प्रतिशतसम्म मत बदर भएको पाईएको छ । 
मकवानपुरमा आवश्यक भन्दा बढि चिन्हमा मतदान, खालि मत, घेराभन्दा बाहिर मतदान गर्ने जस्ता कारणले बढि मत बदर भएको सहायक निर्वाचन अधिकृत अनन्त मरासैनीको अनुभव छ । विगतमा भन्दा ल्याप्चे मत भने काम भएको छ ।
पहिलो चरणमा भएको निर्वाचनको मत बदरबाट पाठ सिकेर निर्वाचन आयोगले आगामी निर्वाचनहरुमा प्रमुख, उपप्रमुखका लागि एउटा मत पत्र र वडा तहका लागि अर्को मतपत्र बनाए केही हदसम्म बदर मत घट्ने देखिन्छ । 
यसका साथै मतदाता शिक्षालाई पनि प्रभावकारी ढंगबाट संचालन गर्नुपर्ने देखिन्छ । निर्वाचन आयोगका साथै राजनैतिक दलले पनि मतदाता शिक्षामा सक्रियता देखाएर बदर मत घटाउन तर्फ ध्यान दिनु जरुरी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार