१४ असार, हेटौंडा । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघेको छ।
कोरोना तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म संक्रमितको संख्या एक करोड ७५ हजार १ सय १५ पुगेको छ।
यस्तै कुल संक्रमीत मध्ये ५ लाख ६१ हजार २ सय ६२ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये ५४ लाख ५७ हजार बढी उपचारपछि घर फर्किसकेका छन्।
विश्वभर कोरोना भाइरसबाट एकैदिन ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ५ सय ६८ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ।
अमेरिकामा कोरोना भाइरसका कारण १ लाख २८ हजार १ सय ५२ जनाको ज्यान गएकोे छ भने २५ लाख ९६ हजार ५ सय ३३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
बितेको चौबिस घण्टामा मात्रै अमेरिकामा ४३ हजार ५ सय ७७ जना नयाँ संक्रमित थपएिका छन् भने ५ सय १२ जनाको मृत्यु भएको छ।
अमेरिका पछि ब्राजिलमा भाइरसका कारण ५७ हजार १ सय ३ जनाको ज्यान गएको छ भने, १३ लाख १५ हजार ९ सय ४१ जना संक्रमित बनेका छन्।
संक्रमितमध्ये ७ लाख १५ हजार ९ सय ५ जना निको भएका छन्। बितेको चौबिस घण्टामा ब्राजिलमा कोरोनाबाट ९ सय ९४ जनाको मृत्यु भएको छ भने ३५ हजार ८ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।
यस्तै कोरोना संक्रमणको तेस्रो नम्बरमा रहेको रसियामा भाइरसका कारण ८ हजार ९ सय ६९ जनाले ज्यान गुमाएका छन् भने , ६ लाख २७ हजार ६ सय ४६ जना संक्रमित छन्। रसियामा एकैदिन कोरोनाबाट १ सय ८८ जनाको मृृत्यु भएको छ भने ६ हजार ८ सय ५२ नयाँ संक्रमित थपिएका छन्।
कोरोनाबाट संक्रमित तथा मृत्युदरका हिसाबमा चौथो नम्बरमा रहेको भारतमा कोरोनाबाट १६ हजार १ सय ३ जनाको मृत्यु भएको छ भने, ५ लाख २९ हजार ५ सय ७७ जनामा संक्रमण देखिएको छ।
बितेको चौबिस घण्टामा भारतमा कोरोनाबाट ४ सय १४ जनाको मृत्यु भएको छ भने २० हजार १ सय ३१ जना नयाँ संक्रमित भेटिएका छन्।
संक्रमितमध्ये ३ लाख १० हजार १ सय ४७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।
विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये ५७ हजार ७ सय ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ४० लाख ६३ हजार ४ सय ९० जनाको सामान्य रहेको छ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















