सुनिल शिवाकोटी
१५ असार, हेटौंडा । भारतको विभिन्न राज्यमा देखापरेको सलह किरा नेपालको तराई हुँदै मकवानपुर प्रवेश गरेको छ ।
बारा हुँदै मकवानपुर प्रवेश गरेको सलह किराले मकवानपुर गढीगाउँपालिका र बकैया गाउँपालिकामा आतंक मच्चाएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं ७ सुकौरा र बतासेडाँडामा सलह किराको प्रकोप देखिएको छ।बतासेडाँडा आसपासमा लगाइएको मकै बारी नै ढाकेर सलहकिरा बसेको देखिएको छ ।
शनिबार दिउँसो बाराबाट उडेर उक्त स्थानमा सलहको बथान आएको स्थानीय विशाल लामाले बताए ।
'हामीले थाहापाए लगत्तै गाँउपालिकाको विज्ञ टोलीलाई खबर गर्यौ, विज्ञले बताए अनुसार रातभरी आगो बालेर, थाल ठटाएर बस्यौं तर सलह भागेनन् ।' लामाले भने ।
सलह आएको जानकारी पाए लगत्तै स्थलगत निरीक्षण आएर तत्काल यसलाई मकैबारी बस्न नदिन थाल, टिन बजाउने, आगो बाल्ने लगायतका क्रियाकलाप गर्न अनुरोध गरेको आइतबार सलह प्रभावित बतासेमा भेटिएका मकवानपुर गढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
'सलह ठुलो संख्यामा रहेकाले समाउन निकै सकस देखिएको छ, एक ठाँउबाट धपाए अर्को स्थानमा बस्ने समस्या छ'-उनले भने-'रातको समयमा निस्कृय रहने हुँदा राति किटनासक औषधी स्प्रे गर्न ५ वटा किटनासक औषधीसहितको ट्यांकी प्रवाभित किसानलाई दिएका छौँ ।'
कृषक पञ्चबहादुर स्थानताङले सलहले लगाएको मकैबारीको मकै, पता धानचमरा सखाप परिरहेको भन्दै नियन्त्रणका लागि राज्यसंग आग्रह गरे । 'कोरोनाले समस्या बनाएको समयमा सलहले मकैबारी सखाप पारेर चिन्ता थपिएको छ', 'दिनरात भोकनिन्द्रा नभनि धपाउने प्रयास गरियो तर बाली सखाप पर्न थालिसक्यो ।'
गाउँपालिकामा सलह प्रवेश गरेको जानकारी थापा पाएपछि आइतबार बिहान गाउँपालिका अध्यक्ष बिदुर हुमागाईसहितको टोलिले सलह प्रभावित स्थानको स्थलगत निरीक्षण गरेको छ ।
अध्यक्ष हुमागाईले निरीक्षणका क्रममा सलह समाधानकालागि सक्दो प्रयास गर्ने र १ केजी सलह जम्मा गरे ५० रुपैयाँ दिने बताएका छन् ।
सलह बकैया गाउँपालिकामा पनि देखापरेको र नियन्त्रणका लागि स्थानीयले आग्रह गरेका छन् ।
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793842721.jpg)





